राम बहादुर बिश्वकर्मा, प्युठान। जिल्लाको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले चालू आर्थिक बर्षका लागि प्राप्त गरेको चाडपर्व वापतको खर्च रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गरेका छन ।
बुधबार गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले चाडपर्व बापत प्राप्त भएको खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गाउंपालिकाका २९ जना जनप्रतिनिधिहरुले जम्मा रु २ लाख ६२ हजार रुपैया गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको गाउँपालिका श्रोतले जनाएको हो ।
कोरोना महामारीका बीच पनि जनप्रतिनिधिले दशैं भत्ता लिएको समाचार प्रकाशित गरेसँगै चौतर्फी आलोचना थेग्न नसकेर अहिले सांसदसहित राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य स्थानीय जनप्रतिनिधि सम्मले रकम फिर्ता गर्ने लहर चलेको छ ।
Comments are closed.