थपिए २८५६ कोरोना संक्रमित, ५ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५५७२ रहेको छ । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ थियो ।

त्यस्तै, देशका विभिन्न स्थानका अस्पतालबाट थप ३३३६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

Sharing Now!

You might also like

Comments are closed.