मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

रुपन्देही  । रुपन्देहीमा बिहीबार मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
प्रहरी चौकी कालीदहले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरिया निवासी २५ वर्षीय हुसेन मोहम्मद मुसलमानको मृत्यु भएको हो ।उनले चलाएको लु३७प १८३१ नम्बरको पल्सर मोटरसाईकल लुम्बिनी–कालीदह सडकखण्ड मुहवारी पुलनिर अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाईते मुसलमानलाई भीम अस्पताल भैरहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाईकलमा पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय मशुद अहमद मुसलमान घाईते भएका छन् । उनलाई उपचारका लागि भारततिर लगिएको बताइएको छ ।

Sharing Now!

You might also like

Comments are closed.