प्युठानमा २८ थपिए, नगरप्रहरी र गाउँपालिका कर्मचारीलाई पनि कोरोना पुष्टि

कामना डेली, प्युठान। प्युठानमा बुधवार थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले उपलब्ध गराएको विवरण अनुसार प्युठानको सरुमारानीका १९ जना, प्युठान नगरपालिकाका ७ जना, ऐरावती २ जना गरि २८ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले ती मध्ये अधिकासंको कन्ट्राक ट्रेसिङबाट संक्रमण पुष्टि भएको जानकारी दिए। कोरोना पुष्टि हुनेमा एकजना नगरप्रहरी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षक समेतलाई कोरोना देखिएको हो । संक्रमण देखिएकाहरू १५ देखि ५० वर्ष सम्मका छन्। संक्रमित१० महिला र १८ जना पुरुष रहेका छन् ।
प्युठानमा कोरोना संक्रमितको कुल संख्या ७६३ पुग्दा संक्रीय संक्रमित जम्मा १४१ जना छन। दुई जनाको यस अघि नै मृत्यु भईसकेको छ। अझै ९२ जनाको पीसिआर रिपोर्ट आउन बाकी रहेको कार्यालयले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.