राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठानमा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी पुस्कल श्रेष्ठका अनुसार सोमबार, प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १३ जना र नेष्नल पथ ल्याब बुटवलमा १ जना गरि १४ जनामा थप कोरोना पुष्टि भएको हो। संक्रमीत हुनेमा नौबहनी गाउँपालिकाका ६ जना स्वर्गद्वारी नगरपालिका ६ जना , मल्लरानी गाउँपालिका १ र प्युठान नगरपालिका १ जना गरि जमा १४ जना छन । जसमध्ये २ जना महिला र १२ जना पुरुष रहेका छ्न भने उनिहरु २१ देखि ५४ बर्ष उमेरका रहेका छ्न।त्यस्तै, आज ५३ जना कोरोना जितेर घर फर्केका छ्न।
पछिल्लो समय प्युठानमा कोरोना पुष्टि हुनेमा चिकित्सक तथा स्वास्थ्य कर्मी समेत रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
Next Post
Comments are closed.