टेकबहादुर पुन दाङ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले लमही क्षेत्रमा अहिले सम्मकै उत्कृष्ट काम गर्ने लक्ष्य लिएको बताएका छन्।
हालैमात्र लमहीमा सरुवा भई आए पश्चात् पहिलोपटक आईतबार लमहीका पत्रकारहरुसँग भेट्घाट गर्दै पौडेलले यहाँका नागरिकहरुलाई शान्ती सुरक्षाको प्रत्याभुती दिलाउने प्रतिबद्दता जनाए। उनले कानुन बिपरित हुने जुनसुकै गतिविधी र त्यसमा संलग्न जो कसैलाई नछाड्ने बताए । कानुन बिपरित शान्ति सुरक्षा खलबलाउने, अपराधीक क्रियाकलाप गर्ने जो कोहीलाई नछोड्ने प्रहरी निरिक्षक पौडेलको भनाई छ । जुवा तास,लैङ्गिक हिँसा,लागुपदार्थ ओसार पसार तथा सेवन,तस्करी लगायत कानुनको बन्देज परिधि क्षत्रमा सँलग्न जो कोहिलाई पनि कानुनको कड्घरामा उभ्याएर निश्पक्षका साथ अनैतिक कार्य निर्मुलका लागि आफ्नो सधै प्रयास रहने बताए।यसक्षत्रको शान्ती सुरक्षाका निम्ति नागरिक पनि उत्तिकै जिम्वेवार रहेका कारण सुचना दिएर सहयोग गर्नुहुन उनले सम्पुर्णमा अनुरोध गरेका छन्।
Comments are closed.