कामना डेली, प्यूठान । डाक्टर गोविन्द केसीको समर्थनमा आज प्युठानमा प्रदर्शन भएको छ।
उनका पक्षमा Nepal Revolutionary Youth Society (NRYS) ले सोमबार प्यूठानमा नगरपालिका वडा नंवर ४ नयाबजार जुम्रीमा प्रदर्शन गरेको हो। डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो। डाक्टर केसीको अनसन मेडिकल माफियाको टेन्सन, लुटतन्त्र बन्द गर, गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको जीवन रक्षा गर, स्वास्थ को नाम मा लुट पारदर्शिता खै सरकार ? जस्ता नारा लेखिएका पर्चा प्रदर्शनकारीले बोकेका थिए। मेडिकल क्षेत्रमा देखिएका विकृति विसंगतिविरूद्ध आवाज उठाउँदै आएका डा केसीको यो १९ औं सत्याग्रह हो।भदौ २९ गतेदेखि जुम्लामा १९औं अनसन सुरु गरेका केसी ९औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेका छन् ।