काठमाडौँ । नेपालमा आइतबार थप २ स य ९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको हुन् । यससँगै देशभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुगेका छन् ।
त्यस्तै, गत २४ घण्टामा थप १ सय ३२ जनाले कोरोना जितेका छन् । यससँगै ६ हजार ५ सय ४्र७ जना उपचारपछि निको भएका मन्त्रालयले जनाएको छ ।
देशभरमध्ये २५ प्रयोगशालामा एक दिनमा ४ हजार ७ सय १० पीसीआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ ।