गायक वेदु सारुले ल्याए म्युजिक भिडियो ‘तिमी नै त हौ’

टेकबहादुर पुन, दाङ । गायक वेदु सारु मगरले नयाँ म्युजिक भिडियो ‘तिमी नै त हौ’ बजारमा ल्याएका छन ।

डान्सिङ् बिटमा रहेको “तिमी नै त हौ” नामक गीतमा स्वर तथा संगीत वेदु सारु मगरको आफ्नै रहेको छ । उक्त गीतमा ब्याक भोकल बिक्रम राई र पुरुषोत्तम सुवेदीको छ भने गीत दिनेश सुवेदीले लेखेका हुन् । उक्त गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्।

२०६७ सालको भोइस अफ टिनको विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन । यसअघि गायक मगरले ‘डोली पियारी’ लगायतका मर्म स्पर्सि गीतहरु सार्वजनिक गरिसकेका छन । दर्शकहरुले ‘तिमीनै त हौ’ लाई दर्शक स्रोताले सकारात्मक प्रतिक्रिया दिएको बेदु सारुले बताए । करिब एक दशक अघि आम दर्शकको मन जितिसकेका गायक मगर बिचमा कतै ब्यस्त रहे । साँगितिक क्षत्रबाट अोझेल परेको दर्शकको बुझाईलाई चिर्दै उनिफेरी नया भिडियो सहित दर्शक माझ आएका छन । उनको आवाजको नया गित सुन्ने सबैको अपेक्षालाई उनले पूरा गरिदिएका छन् ।

म्युजिक भिडियोमा नेपाली ठिटोस टिमको दमदार नृत्य देख्न देखिन्छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । पहिलोपटक नेपाली ठिटोस टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको हो । स्मिता स्नेहा इन्टरटेनमेन्टको अफ़िसिएल च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विशेष गरि युबा पिढिका लागि भनेर तयार पारिएको गित तिमिनै त हौ म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले सम्पुर्ण दर्शकहरुमा आग्रह गरेका छन् ।

 

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.