रिडीमा एक ट्याक्टर सालको काठ बरामत

गुल्मी । गुल्मीमा ट्याक्टरमा लुकी छिपी ल्याउदै गरेको सालको काठ बरामत गरेको छ । आइतवार साँझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१ भटकुवाबाट लु ४ त १३७१ नम्बरको ट्याक्टरमा रिडी तर्फ ल्याउदै गरेको अबैध सालको काठ बरामत गरिएको हो ।
बरामत गरिएको काठ एक ट्याक्टर रहेको र कस्को भन्ने खुलेको छैन् । लुकी छिपी ल्याउदै गरेको काठ इलाका प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको स्रोतले बताएको छ । नियन्त्रणमा रहेका काट २९ वटा आठ फुटे र ४ वटा ३४ फुटे लम्बाई रहेको बताइएको छ ।
काठलाई नाप जँच गर्ने कार्य भइरहेको छ । नियन्त्रणमा लिइएको काठ बारे थप अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.