• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ७. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • १०. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

असिनापानीले दुई सय बिघा जमिनको तरकारी नष्ट


  •   शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
  • मोहन पौडेल, परासी। केही दिनदेखि परेको हावाहुरीसहितको असिनापानीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा करिब २०० विघामा कृषकले लगाएको तरकारीखेती नष्ट गरेको छ ।असिनापानीले घिरौँला, लौका, करेला, फर्सी, काँक्रो लगायतका लहरेबालीका साथै प्याज, खुर्सानी, धनिया, मुला, बन्दा लगायतका तरकारीमा क्षति पुगेको छ । लाखौँ मूल्यको तरकारीखेती एकैपटक नष्ट भएपछि कृषकहरु चिन्तामा परेका छन् ।पाल्हीनन्दन–५ मा मात्रै १०० विघामा र अन्य वडामा १०० विघा गरी २०० विघामा लगाईएको तरकारीखेती पूर्ण रुपमा क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपतिनाथ चौधरीले जानकारी दिनुभयो । फल्न लागेका र टिपेर विक्री गर्ने तयारीमा रहेको लहरे तरकारीबाली कामै नलाग्ने गरी नष्ट भएको कृषकहरुले बताएका छन् । आफ्नो वडामा करीब १०० विघामा कृषकहरुले लगाएको तरकारी पूर्ण रुपमा नष्ट भएको पाल्हीनन्दन–५ का महेन्द्र गुप्ताले बताउनुभयो ।असिनापानीले गर्दा आफूले छ कठ्ठामा लगाएको तरकारी नष्ट भएको पाल्हीनन्दन–३ परसियाका व्यवसायिक कृषक सुरेन्द्र केवटले गुनासो गर्नुभयो । पाल्हीनन्दन–१ चम्कीपुरका भागिरथी केवटले आफूले दश कठ्ठामा लगाएको घिरौँला, प्याज, लौका, मकै, भिन्डी, धनिया पूर्ण रुपमा क्षति भएको बताउनुभयो । गाउँमा सवैले लगाएको तरकारीबाली सखाप भएको उहाँले बताउनुभयो । गाउँपालिकाले क्षतिको सङ्कलन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँले माग गर्नुभयो ।सोही ठाउँकी कृषक सैदुन नेसाले आफूहरुले तरकारीखेतीबाटै जीविकोपार्जन गर्दै आएको तर असिनापानीले सवै सखाप पारेपछि चिन्तामा परेको बताउनुभयो । यहाँका अधिकांश कृषकहरुको आम्दानीको स्रोत नै तरकारीखेती हो । कृषकको लाखौँ मूल्यको तरकारीबाली नष्ट भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेको छ । वडा कार्यालयमार्फत पीडित कृषकबाट क्षतिको यकिन विवरण सङ्कलन गरेर उचित राहतका लागि पहल गरिने गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो ।

    Advertisement

    शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा
    रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
    ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला
    इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव

    भर्खरै

    • १.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • २.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ३.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ४.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ५.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ७.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ८.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation