असिना पानीले ५ लाखको सिमलामिर्च नोक्सान

माधव बेल्वासे,चन्द्रौटा । लकडाउनका कारण प्रभावित भएका किसानहरुलाई असिनापानीले थप नोक्सानी पु¥याएको छ । कपिलवस्तुको शिवराज नगरपालिका २ मा रहेका आर्गेनिक कृषि फर्ममा उत्पादन भएको रु ५ लाख बरावरको सिमलामिर्च असिनापानीले नोक्सान गरेको छ । मंगलवार राती परेको असिनापानीले विक्री हुन लाएक भएका सिमलामिर्चलाई नोक्सान गरेको फर्मका संचालक नहकुल विकले बताउनुभयो ।१० कट्ठामा उत्पादन भएको सिमलामिर्च खेतमै कुहिने अवस्थामा पुगेको छ । लकडाउनले बजारमा बेच्न नसकिरहेको बेला आकाशेपानीले नोक्सान भएको उहाँको भनाई छ । “एकातिर बजार छैन,अर्कातिर असिना पानीले सबै भाचिदियो” विकले भन्नुभयो “यो पटक पुरै नोक्सानी हुने भयो, ।” बुधवार १० जना कामदारहरुले भाचिएर सिमलामिर्चलाई उठाएको उहाँको भनाई छ । किसानहरुले उत्पादन गरेका सामाग्रीहरुले उचित बजार नपाउदा वर्षेनी घाटा हुने गरेको छ ।

Sharing Now!

You might also like

Comments are closed.