नवलपरासी । पश्चिम नवलपरासीमा बैंक तथा वित्तीय संस्थाहरु हरेक दिन पालो मिलाएर खुल्ने गरेका छन् ।तर, कुन बेला कुन बैंक खुल्छ भन्ने थाहा नहुँदा सर्वसाधारण सेवा पाउनबाट बञ्चित भएका छन् ।भीडभाड नहोस् भनेर बैंकहरुले फरक–फरक दिन पालो मिलाएर कारोबार गर्ने गरेका छन् । एक दिनमा बढीमा दुईओटा बैंकले कारोबार गर्ने गरेका छन् ।केन्द्रीय ‘सर्कुलर’अनुसार हप्ताको दुई दिन ग्राहकहरुलाई सेवा दिइँदै आएको बैंक अफ काठमाण्डौंका परासी शाखा प्रबन्धक मदन गौतमले जानकारी दिए ।उता, राष्ट्रिय वाणिज्य बैंक परासी शाखाले एक दिन बिराएर कारोबार गर्दा भीड बढेपछि प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कारोबार बन्द गर्न निर्देशन दिएका छन् ।
Advertisement