• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ८. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ९. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • १०. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

‘गरिबको कोही नहुँदो रहेछ’


  •   बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
  • बर्दिया। सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भएका ३१ जना सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मानखोला नाका हुँदै बर्दिया प्रवेश गरे। नाकामा बाँसगढी नगरपालिकाले राखेको हेल्थ डेस्कमा तिनको ज्वरो नापियो। तापक्रम सामान्य देखिएपछि नगरपालिकाले टिपरबाट कर्णाली चिसापानीसम्म पुर्‍यायो तर चिसापानी पुल तरेपछि उनीहरूलाई कैलालीमा टेक्नै दिइएन। रातभरि चिसापानीमै अलपत्र परे ।मंगलबार बिहानै उनीहरूलाई बाँसगढी फिर्ता पठाइयो। बाँसगढीले फरक जिल्लाका व्यक्तिलाई राख्न नसक्ने भन्दै बाँकेको कोहलपुर पठायो। कोहलपुर नगरपालिकाले फेरि बाँसगढीको मानखोलामै फिर्ता पठायो। त्यसपछि पैदल घर जान लागेका उनीहरूलाई टिपरबाट दिउँसो चिसापानी लगियो।यसरी स्थानीय सरकारहरूले फुटबलझैं घरी यता र घरी उता हुर्‍याउने त्यस समूहमा कैलालीका २६, कञ्चनपुरका ३ र बझाङका २ जना छन्। उनीहरू काठमाडौं, बुटवल, पोखराबाट पैदलै बाँकेसम्म आएका हुन्। क्वारेन्टाइनमा बस्ने सर्तमा प्रवेश दिने प्रयास भइरहेको इलाका प्रहरी चिसापानीले जनाएको छ।‘दुई दिनदेखि यताउता पठाएर हैरान बनायो,’ कैलालीका प्रेम चौधरीले टेलिफोनमा भने, ‘गरिबको कोही नहुँदो रहेछ। अपराधीजस्तो बनाए।’उनका अनुसार चिसापानीबाट कोहलपुर र कोहलपुरबाट चिसापानी दुईपल्ट पठाइयो। ‘अझै घर पुग्न पाएनौं,’ उनले भने, ‘हैरान भइयो।’ अन्य जिल्लाले अवरोध नपुर्‍याए पनि आफ्नै स्थानीय सरकारले विभेद गरेको गुनासो गरे। ‘जिल्लाको सिमानामा पुग्दा स्थानीय सरकारले उद्धार गर्नुपर्ने हो,’ उनले भने,‘बरु बर्दियाको नगरपालिकाले टिपरमा बसाएर यहाँसम्म ल्यायो।’ समूहमा रहेका वीरबहादुर साउदले अनागरिक जस्तो व्यवहार गरेको गुनासो गरे। उद्धार गर्नुको साटो मानसिक तनाव दिएको उनले बताए। भोकभोकै हिँडेर प्रदेशको सीमा पुग्दा सरकारी दुव्र्यवहारको सामना गर्नु परेको उनको भनाइ छ।इलाका प्रहरी भुरीगाउँका निरीक्षक वसन्त पाण्डेले उनीहरूलाई टिपरमा राखेर चिसापानीसम्म छाडेको बताए। तर प्रवेश गर्न नदिइएपछि बाँसगढी फिर्ता पठाएको उनले बताए। ‘मंगलबार बिहान चिसापानी लगेर छोडेका छौं,’ उनले भने, ‘त्यहाँको प्रशासनले प्रवेश गर्न दिने नदिनेबारे छलफल भइरहेको सुनेको छु।’ कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

    Advertisement

    बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ३.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ४.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ५.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ६.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ७.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ८.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation