वैशाख १५ सम्म लकडाउन बढाउने सरकारको निर्णय

काठमाडौँ। सरकारले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।कोरोना भाइरस रोथामका लागि मंगलबारको मन्त्रिपरिषद बैठकले वैशाख १५ सम्म थप गर्ने निर्णय गरेको हो ।सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो । हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।

Sharing Now!

You might also like

Comments are closed.