गजल: कसरी मनाउनु नया बर्ष

सुनिता कंडेल,गुल्मी
गाउन त कोइलीले गीत गायो कसरी मनाउनु नयाँबर्ष ।
रमाउने बाटोमा काडा लायो कसरी मनाउनु नयाँ बर्ष ।

मनमा डढेलो लाइरह्यो पलाएनन खुशिका मुनाहरु,
बाहिर मात्र हरियाली छायो कसरी मनाउनु नयाँ बर्ष ।

शुभकामना पनि बेअर्थी उडिरहे सिमलको भुवाझै,
आखिर खुशी हुरीसङ्गै धायो कसरी मनाउनु नयाँ बर्ष ।

फुलेका फूल खुलेको आकाश सुन्दर मौसम हुदाहुँदै,
आँखाको परेलीले वर्षा पायो कसरी मनाउनु नयाँ बर्ष ।

डाडा पखेराका गुरास टिपेर स्वागत गर्ने बेला हुँदा,
देशमा पनि बिपत्ति आयो कसरी मनाउनु नयाँ बर्ष ।

Sharing Now!

You might also like

Comments are closed.