बिपत्तिमा निर्दयी बन्ने कि? माया ,करुणा अनि मानवताको ख्याल गर्ने !

जायश्वर जैशी । हामिले सुनेको या थोरै भएपनि भोगेको कुरा पहिले हाम्रा पुर्खा अनि अग्रज हरुको पालामा कतै घटना घट्यो भने सारा दुनियाँ अचम्मित हुन्थे ,कोहि कसैको मृत्यु भयो भने दुखित हुँदै सबै लाई थाहा दिन्थे र गन्धर्व हरु त्यसै लाई गीत को माध्यमबाट सबै लाई जानकारी दिन्थे ,कसैलाई केही पर्यो भने सबै एकजुट भएर सहयोग गर्थे तर आज भोलीका मान्छेहरु किन निर्दयी बन्दै छन?
प्रसंग जोडौ नेपालमात्रै मात्र नभएर विश्वमा नै सन्त्रास फैलाएको कोरोना भाइरसका कारण विभिन्न देशमा कयौं जनताहरुले मृत्यवर्ण गरिसकेका छ्न भने कयौं जनताहरु जिन्दगीको कठोर अनि पिडादायी क्षणमा तड्पिरहेका छन।
हामी यान्त्रिक हुदैछौ हामीमा मातृत्व,भातृत्व अनि आत्मीयता हराउदै छ। हामीलाई फेसबुक या विभिन्न सामाजिक सन्जालले एकोहोरो अनि रोगी बनाउदै छ। एकपल्ट सोचौ कुनैपनि मृत्यु या घटना जसलाई परेको हुन्छ उसलाई र उस्को परिवारलाई मात्र सबैभन्दा पीडा हुन्छ।

अर्कोको मृत्युमा रिप लेख्न हतार गर्ने निर्दयीता प्रकट नगरौ,उसको जिवन कति मुल्यवान छ एक शब्द हार्दिक श्रद्धाञ्जली लेख्न पनि हामीलाई हतार छ, रिप लेखेर हामी पन्छिन्छौ, भोलि पीडा सबैलाई पर्छ सोचौ देशका जनता गुमाउदाको पिडा अनि देशलाई अनि जनतालाई हुने हानी मनन गरौं।

यस्तो संकटको घडिमा नेपाल सरकार कता तर्फ जान थालेको छ?
देशमा आइपर्ने जस्तासुकै बिपत्तिमा राज्य/ सरकार समस्या होइन, समाधान हुनुपर्दछ । किरोना भाइरसले गर्दा विश्व नै लकडाउन गरिएको सन्दर्भमा रोजगारको सिलसिलामा बिदेशबाट फर्कने जनताहरु आफ्नो घर फर्किन नसक्दा बिचबाटोमै अलपत्र हुनुपर्ने बाध्यता छ।
समस्यामा परेका यस्ता आफ्ना नागरिकलाई लाठीचार्ज गरेर कोरोना भाइरस भाग्दैन । आफ्नो जन्मभूमि र आफ्ना सन्ततिको मायाले छट्पटाउदै सीमा नाकासम्म आइपुगेका नेपाली नागरिकलाई कि त त्यहाँको सरकारसँग सार्थक पहल गरी त्यहीँ सुरक्षित राख्ने वातावरण सिर्जना गर्नु पर्‍यो कि त त्यहाँ अलपत्र पार्नु भन्दा सरकारले आफ्नो देशमा प्रवेश गराई सबैलाई अनिवार्य क्वारेन्टाइनमा बसेर मात्रै घर फिर्ता हुने वातावरण गराउनु पर्‍यो । यदि ल्याउने होइन र गैरजिम्मेवार बन्ने हो भने देशभर बनाइएका क्वारेन्टाइन के देखाउन र प्रचारको प्रपोकाण्ड मच्चाउन खडा गरिएको हो ? भोलि यदि १ दिन मात्रै आवागमन खुल्ला गरियो भने मात्रै पनि प्रवासमा रहेका लाखौं नेपाली नागरिक आफ्नो भूमिमा प्रवेश गर्नेछन् । त्यतिबेलाको परिस्थितिसम्मलाई मध्यनजर गरी राज्यले योजना बनाएको हुनुपर्छ । उता दैनिक ज्यालादारीमा काम गरी एक छाक टार्ने मजदुरहरूका समस्या आइरहेका सूचनाहरू प्रशारित भएका छन्, व्यवहारिक रूपमा नै उनीहरूका समस्याको समाधान राज्यले तत्कालै गर्नु पर्दछ । आफ्ना नागरिकहरूप्रति राज्य उत्तरदायी र जिम्मेवार बन्नु पर्दछ अनि नागरिकहरूले पनि यो संकटको समयमा आफ्ना कर्तव्यहरू भुल्नु हुँदैन ।

लेखक : गौमुखी मा.बि प्युठानका शिक्षक हुनुहुन्छ।

Sharing Now!

You might also like

Comments are closed.