गढवामा अभाब हुन थालेको नुन वडाध्यक्ष भण्डारीले पुय्राए

टेकबहादुर पुन,दाङ । दाङ्गको गढवामा नुनको अभाब हुन थालेपछी एक वडाध्यक्षले १० बोरा नुन गढवा पुय्राएका छन् ।गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीले गढवामा नुनको अभाब हुन नदिन १० बोरा (५ क्विन्टल) अायोडिन नुन अाफै बोकेर गढवा पुर्याएका हुन् । गढवा गाउँपालिका अन्तरगतका किराना पसलहरुमा नुन पाईन छोडेपछी वडाध्यक्ष भण्डारीले गढवा उद्योग बाणिज्य संघको समन्वयमा लमहीबाट नुन अाफै खरिद गरि पुय्राएका हुन ।”गाउँपालिका अन्तर्गतका स्थानियले नुन पाईन छाडेको गुनासो गरे वडाध्यक्ष भण्डारीले भने-म अाफै लमही गएर नुन खरिद गरि लिएको छु, गढवामा नुनको अभाब हुन दिन्न ।” स्थानियलाई नुन बिक्रि बितरण गर्नका लागि उनले किराना पसलहरुमा नुन छाडेको बताए । अाबश्यक्ता अनुसार नुन बिक्री बितरण गर्न अनुरोध गर्दै वडाध्यक्ष भण्डारीले एक परिवारलाई बढीमा २ पोका सम्म बिक्री गर्न अाग्रह गरेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.