अलपत्र यात्रु बोकेको  जिप दुर्घटना, दुईको मृत्यु, २८ घाइते

रामेछाप । खांडादेवी–१ राकाथुममा आज बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।भक्तपुरको सूर्यविनायकबाट लकडाउनका कारण अलपत्र परेका मजदुर तथा यात्रु बोकेर दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ जिप बिहान ५ बजे दुर्घटना भएको हो ।मृत्यु हुनेमा दोरम्बा गाउँपालिका-२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ। केहीको अवस्था गम्भीर रहेको छ।

Sharing Now!

You might also like

Comments are closed.