वडाले दियो साथ,मजदुरले पाए राहत

सुरज भट्टराई ,देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नंवर ४ ले दैनिक ज्यालादारी मजदुरहरूलाई राहत उपलब्ध गराएको छ। कोरोना भाईरस(कोभिड १९ )को संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका वडा भित्रका अति विपन्न श्रमिक परिवारका ६० घरधुरिलाई राहत वितरण गरिएको हो । दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुरहरुको परिवारमा खाद्यान्न संकट हुन नदिन देवदह ४ का वडा अध्यक्ष दिपक चापागाईको पहल र देवदहका विभिन्न उधोगी व्यवसायीहरु क्रमश चक्र पाणी तीवारी,मनिष पंगेनी, अजयमान श्रेष्ठ र शोभाखर भुर्तेलको सहयोगमा प्रत्येक घरधुरीमा ५ केजी आटा, १ केजी दाल, १ केजी सोयाबिन, १ लिटर तेल र नुन गरी रु ५० हजार बराबरको खाधन्न उपलब्ध गराइएको हो । यसबाट वडाभित्रका ६० घरधुरीका करिब ३ सय बिपन्न र मजदुरहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । न्युनतम ३ फिटको दुरी कायम गरि राहत वितरण गरिएको थियो ।

Sharing Now!

You might also like

Comments are closed.