बुटवलकाे आइसोलेसनमा मृत्यु भएका व्यक्तिकाे शव उठेन

बुटवल। बुटवलमा आइसोलेसनमा रहँदा आइतबार बिहान मृत्यु भएका व्यक्तिकाे शव उठाइएकाे छैन ।रुपन्देहीकाे सैनामैना नगरपालिका–४, सिसौडाँडाका ३७ वर्षीय बाबुराम थापाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियाे । मृत्यु भएकाे १० घण्टा भइसक्दा पनि उनकाे शव नउठाइएकाे हाे ।काेराेना भाइरसकाे शंका लागेर उनी आइसोलेसनमा भर्ना गरिएका थिए । काेराेना सर्ने डरले काेही पनि शव नजिक जान मानेका छैनन् ।उनकी श्रीमती रीता थापाले समेत कसैबाट कुनै खालकाे सहयाेग पाएकी छैनन् । मृतक थापका परिवारलाई समेत अहिलेसम्म क्यारेन्टाइनमा राखिएको छैन् ।रीतालाई भने सैनामैनामा निर्माण गरिएको क्यारेन्टाइनमा राखिने अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् ।बाबुरामकाे मृत्युबारे अस्पतालले केही बोलेको छैन । उनको रगतको नमूना संकलनका लागि पठाइएको र हालसम्म नजिता नआएको अस्पताल स्राेतले बताएको छ ।

उनी दुबईबाट १० दिनअघि मात्र नेपाल आएका थिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.