• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ३. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ४. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

  • ५. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ६. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ७. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ८. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ९. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • १०. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

पूण्य भूमि रेसुङ्गा


  •   बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
  • कामना डेस्क, गुल्मी। खै कहाँबाट सुरु गरु ? रेसुङ्गाका लोभलाग्दा सुन्दर दृश्य दिमागमा नाचिरहेका छन्, लेख्ने कलम चलिरहेको छैन । मैले लेख्ने शब्दमा अट्दैन, मैले गर्ने बयानले पुग्दैन । गुल्मी जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र हरेक सौन्दर्यले भरिपूर्ण छ । जिल्ला सदरमुकाम तम्घासलाई काखैमा राखेर आफू शिरमा बसेको रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । गुल्मी आउने नवआगन्तुले घुम्ने, अवलोकन गर्ने गौरवशाली पुण्यभूमि रेसुङ्गा । धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वले भरिपूर्ण रेसुङ्गाको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने एउटा किताब बन्छ । मैले रेसुङ्गामा पुग्नैपर्ने कारणहरुको समग्र पक्षलाई संक्षेपमा यहाँ उल्लेख गरेकी छु ।

    Advertisement

    रेसुङ्गाको महत्व कति भन्ने लेखेका शब्दले मात्रै होइन त्यहाँ पुग्नेहरुले गर्ने बयानले पनि सार्थक पार्दछ । सँधै बादलको घुम्टो ओढेर चारैतिरबाट आउनेहरुलाई स्वागत गर्न बसेको रेसुङ्गामा पुग्नेहरु गर्वले भन्छन् साच्चिकै बिचित्र छ रेसुङ्गा । हामीलाई चिनाएको छ, रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । मैले लेख्ने शब्दमा नअटाउने मैले गर्ने बयानले नपुग्ने स्वर्गको एक टुक्रा रेसुङ्गा गुल्मीको गौरव हो । रेसुङ्गा धर्मिक, ऐतिहासिक, पर्यटकीय हिसाबले महत्वपूर्ण छ । प्राचीन युगमा धेरै ऋषिमहर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता रहिआएको छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि रेसुङ्गा पुग्न सकिन्छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तपोभूमि मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । केही वर्ष यता रेसुङ्गामा सवारीका साधन जान थालेका छन् तर, गाडीको यात्रामा पुरै रेसुङ्गासम्म पुग्न सकिदैन ।

    रेसुङ्गा क्षेत्रको पर्यटकीय सौन्दर्यलाई जोगाउन पोखरीसम्म सवारी साधनमा पुग्न सकिन्छ भने करिब २० मिनेटको उकालो पैदल यात्रापछि मुख्य गन्तव्यस्थलमा पुगिन्छ । माथि चुचरो पुगेपछि जो कोही स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरु र वरिपरिको मनोरम दृष्य हेर्दै रमाउँछन् । त्यहाँ रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, स्याङजा, अर्घाखाँची र बाग्लुङ जिल्लाको विभिन्न ऐतिहासिक दृश्य अवलोकन गर्न सकिन्छ । धौलागिरी, निलगिरी, माछापुच्छ्रे जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ ।

    धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्न ऐतिहासिक तपोभूमि रेसुङ्गामा बेला बेलामा लाग्ने मेलाले अर्को यसको गरिमा बढाउँछ । सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजाआजा हुने गर्दछ । साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ । नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको छ । रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि, तपोभूमि महर्षीभूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहिआएको छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर, पुण्यभूमि बनेको छ । रेसुङ्गामा धेरै महर्षीहरुको तपस्या पछि २०४१ सालमा योगी नरहरिनाथको आगमनसँगै धेरै महत्व बाहिर आएको बताइन्छ । नरहरिनाथले १ महिनासम्म होम गरेर यसको गरिमालाई माथि ल्याउन विशेष भूमिका रहेको उल्लेख छ । उनले यस क्षेत्रको लागि ३६ हजार पैसा र २१ वटा गाई छोडेर गएसँगै गौशाला र रेसुङ्गामा विशेष रुपमा निरन्तर पूजा हुँदै आएको बताइन्छ । हाल निरन्तर पूजा हुँदै आएको छ । रेसुङ्गाको साँच्चिकै महत्व मात्रै उल्लेख गर्ने हो भने धेरै लामो इतिहास बन्छ । रेसुङ्गामा विभिन्न मनमोहक मन्दिरहरु रहिआएका छन् । रेसुङ्गामा राणाकालमा धेरै राजाहरुले पनि राज्यको निम्ति विभिन्न कामहरु गर्न लगाएको जस्ता भनाईहरु सुन्नमा आउँछन् । रेसुङ्गा साँच्चिकै आन्नदित छ यहाँ फूलले होइन ढुंगा माटोले पनि बासना छरेको छ । यहाँ विभिन्न बोटहरुले यसक्षेत्रको बुट्टा भरेको छ त्यसैले त यहाँ पुग्ने भन्छन् यो हामीले नदेखेको स्वर्ग हो जुन यस्तै आनन्दित हुनेछ ।

    ३१ सय हेक्टरमा फैलिएको रेसुङ्गा वन क्षेत्रमा ठूलो जंगल छ, जसले यस क्षेत्रको प्राकृतिक सौन्र्दयता बोकेको छ । १ सय बढि खानेपानीका मुहानहरु रहेको रेसुङ्गामा धेरै प्रजातिका चराहरु, उत्तिकै प्रजातिका अरू वन्यजन्तुहरु, बहुमूल्य जातका जडिवुटिले भरिएको रेसुङ्गा हेर्दा घुम्दा मनै आनन्दित बन्छ । तनावले भरिएर पुग्ने जो कोही रेसुङ्गाको सुन्दरताले मनै लोभिएर फर्किने गर्दछन् । हाल नगर र गाउँपालिकाहरुमा स्वच्छ पिउने पानी पुर्‍याएको रेसुङ्गाको गरिमा, महत्व हिजो पनि उत्तिकै थियो र आज पनि उत्तिकै छ । रेसुङ्गाको महत्वलाई अझ बढाउन यस क्षेत्रको बाटोसँगै विकास निर्माणको पक्षलाई विशेष ध्यान दिनुपर्ने छ । रेसुङ्गा नामले मात्रै होइन प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ । रेसुङ्गा नामले धेरै संघ संस्थाहरु जोडिएका छन् । त्यसले रेसुङ्गाको नाम र यसको महत्व कति रहेछ भन्ने दर्शाएको छ ।

    रेसुङ्गासँगै रहेको गौशालामा योगी नरहरिनाथले हवन गरेर छोडेका गाईलाई व्यवस्थित रुपमा पाल्नको लागि २०४२ साल देखि गाईहरु पाल्न थालिएको हो । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घासवासी र छिमेकी गाउँपालिकाबाट मानिसहरुले ती गाईको रेखदेख गर्ने गरेका छन् । बेला बखतमा विभिन्न पर्व/तिथि पारेर ती गाईगोरुलाई घाँस तथा नुन तेलहरु पनि यस क्षेत्रका स्थानीयले उठाउने गरेका छन् ।
    हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । गाईको पिसाबलाई शुद्ध गहुँत मानेर पुजाआजामा प्रयोग गरिने हुनाले पनि गाईको महत्व धेरै रहेको छ । रेसुङ्गामा स्थानीयले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाई दान गरेर छोड्ने प्रचलन पनि छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । यसले पनि रेसुङ्गा क्षेत्रको गरिमालाई उँचो बनाएको छ ।

    गौशालामा पालिएका स्थानीय जातका गाईहरु रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिएका छन् । रेसुङ्गा आफैमा पुण्यभूमि भएपनि यसलाई थप महत्व बुझाउनको निम्ति यस क्षेत्रमा केही विकासका कामहरु पुरा गर्नु पर्ने हुन्छ । जिल्ला बाहिर पनि रेसुङ्गाको व्यापक प्रचारप्रसारको आवश्यकता छ । यसो गरेमा बाह्य पर्यटनको आगमन भई गुल्मेलीको शिर अझ उँचो हुनेछ।

    बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन
    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ३.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ४.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा

    • ५.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • ६.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    भर्खरै

    • १.
      धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    • २.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

    • ३.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

    • ४.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    • ५.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ६.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • ७.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • ८.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation