दसैंका लागि १५० वटा एसी बस संचालन

काठमाडौं । दसैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुस् । यसपालि दसैंमा वातानुकूलित (एसी) बसमा यात्राको अवसर मिल्नेछ ।त्यसका लागि अग्रीम बुकिङ खुलिसकेको छ । पश्चिम नेपाल नेपाल बस प्रालिले दसैंका लागि १५० वटा एसी बस सञ्चालनमा ल्याएको हो । आइतबारदेखि टिकट बुकिङ खुला भएको छ । साथै इ–टिकटको व्यवस्था पनि छ । पहिलो दिन २० प्रतिशत टिकट बुकिङ भएको प्रालिले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा अमृता अनमोलले लेखेकी छिन् ।

Sharing Now!

You might also like

Comments are closed.