चिरायु माविमा ५० हजार ५५५ को अक्षयकोष स्थापना

कामना डेली,प्यूठान । विजया भट्टराईले प्यूठानको झिम्रुक गाउँपालिका वडा नं. ६ चिसावाङस्थित चिरायु माध्यमिक विद्यालयमा आफ्ना बुबाको नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ ।भट्टराइले दिवंगत बाबु स्व. शिवराज भट्टराईका नाममा रु ५० हजार ५५५ रुपैयाँको ‘शिवराज छात्रवृत्ति अक्षयकोष’को स्थापना गर्नुभएको हो । मंगलवार आयोजित एक कार्यक्रममा अक्षयकोषको रकम ५० हजार ५५५ रुपैयाँ बरावरको चेक भट्टराईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमान सिंह जिसी र प्रधानाध्यापक सिता पोख्रेललाई हस्तान्तरण गर्नुभयो ।अक्षयकोष रकमको व्याजबाट हरेक वर्ष विद्यालयका कक्षा ८ र एसर्ई मा उत्कृष्ट अंक ल्याउने एक एक जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो । स्वर्गीय शिवराज भट्टराई विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनुभएको थियो । आपूmले प्रारम्भिक अध्ययन गरेको विद्यालयमा छात्राहरुलाई पढाईमा उत्प्रेरित गर्ने उद्देश्यले छात्रवृत्ति स्थापना गरेको अक्षयकोष दाता भट्टराइले बताउनुभयो ।

Sharing Now!

You might also like

Comments are closed.