बेवारिस भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइयो

कामना डेली,कपिलवस्तु।कपिलवस्तुमा अलपत्र अबस्थामा भेटिएकी बालिकाका अभिभावक सम्पर्कमा आएका छन् । शनिबार साँझपख कपिलवस्तु वाणगंगा नगरपालिकाको वडा नं. १० पटना बालापुरमा वेवारिशे फेला परेकी बालिकालाई उनका बुबाले जिम्मा लिएका हुन् ।बालापुरमा एकोहोरो रोईरहेकी अन्दाजी २० महिने बालिकालाई स्थानीयले उद्धार गरेका थिए । बालिका भेटेपछि स्थानीयले इलाका प्रहरी कार्यालय पिपरालाई जानकारी गराएका थिए ।प्रहरीले बालिकालाई उद्धार गरेको थियो ।बालिका विरामी भएकाले कपिलवस्तु सामुदायिक अस्पतालमा उनको उपचार गरिएको थियो । अनजानवश जंगल पुगेकी बालिकाको महिला प्रहरीले बच्चाको रेखदेख गर्दै आएका थिए । बालिकालाई ज्वरो आएको थियो ।बालिका भेटिएको खबर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भएपछि सबैले कसले हो भन्दै बालिकाका परिवार खोज्न थाले । सोमबार मात्र बालिकाका बाबुआमा सम्पर्कमा आएका छन् । सम्पर्कका आएका मध्ये बालिकाका बुवाको मानसिक अवस्था खासै ठिक नभएको पाइएको छ । साथै आर्थिक स्थिति घरको निकै कमजोर हुँदा बाध्य भएर बालिका छाडेको उनले बयान दिएका छन् । बालिकाकी आमा घरमा नभएको पाइएको छ ।ईलाका प्रहरी कार्यालय पिपरामा रहेकी बालिकालाई बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ध्रुव बेल्बासे, नगरकार्यपालिका सदस्य योगनाथ सुनार र प्रहरी निरिक्षक आयुश प्रसाद जोशीको रोहवरमा बालिकाका बुबा बिष्णु कुमाललाई जिम्मा लगाईएको छ ।

Sharing Now!

You might also like

Comments are closed.