टेकबहादुर पुन,देउखुरी । दाङ्गको लमहीमा एक महिला मृत फेला परेकि छिन् ।लमही नगर पालिका वडा नम्बर ७ कमानपुर निवासी ४२ बर्षिय ज्योती बुढा मगर अाफ्नै घरमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्तिले जानकारी दिनुभयो । घरमा एक्लै बस्ने गरेकि ज्योती दिनमा नदेखिएपछि स्थानियले घरभित्र हेर्दा मृत भेटिएकि हुन् । घरको भय्राङ्गमा टाउको तलतिर पारेर लडेको अबस्थामा शब भेटिएको प्रहरीले बताएको छ । घटनाको बारेमा अहिले केही भन्न नसकिने र अनुसन्धान भईरहेको अमिलियाका प्रहरी प्रमुख घर्तीले जानकारी दिनुभयो । मृत भेटिएकी ज्योतीको छोरा श्रिमाण ५ बर्षदेखी बैदेशिक रोजगारमा गएको बुझिएको छ ।
Advertisement