• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

अन्तत पछि हटे बामदेव,चुनाब नलड्ने


  •   शनिबार, असोज ०४, २०७६ मा प्रकाशित
  • कामना डेली,काठमाडौं। नेकपाका वरिष्ठ नेता वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्कीबाट चुनाव नलड्ने घोषणा गरेका छन् । नेता गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताले उपनिर्वाचन लड्न प्रस्ताव गरेका थिए ।तर गौतम एकाएक पछि हटेका छन् ।’आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु’, शनिबार प्रेस विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन’मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु।’कास्की क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीेको गत फागुनमा निधन भएपछि रिक्त रहेको कास्की २ मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट वामदेव उम्मेदवार भएका थिए। जहाँ उनी कांग्रेसका सञ्जय गौतमसँग ७०० मतले पराजित भएका थिए। उनले बर्दियामा कांग्रेसको भन्दा वाम गठबन्धनको ३२ हजार धेरै मत हुँदा पनि हार भोग्नुपरेको विगत सुनाउँदै कास्कीमा पनि त्यही जोखिम रहेको उल्लेख गरेका छन्।’२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो’, उनले भनेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’ गौतमले कास्की २ मा स्थानीय नेतालाई नै पार्टीले टिकट दिनुपर्ने अडान राखेका छन्। ‘मलाई विश्वास छ म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ’, उनले भनेका छन्, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदार हुनुहुन्छ।’ उनले पार्टीको जितका लागि कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहेकामध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो अडान अघि सारेका छन्। वामदेव पछि हटेसँगै अब कास्की २ मा रवीन्द्र पत्नी विद्या अधिकारी (भट्टराई) ले उपनिर्वाचनको टिकट पाउने संभावना बलियो भएको छ । उनी अखिलकी पूर्व नेतृ समेत हुन् ।

    Advertisement

    जानकारीका लागी
    मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि-आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु । यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।
    वामदेव गौतम
    ४ आश्विन २०७६

    शनिबार, असोज ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation