काठमाडौं। नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गएका बेला संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले चाडपर्वलाई लक्षित गरी प्रतिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य घटाइएको जानकारी दिए । यो सँगै उपभोक्ताले ग्यास अब प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा पाउनेछन् ।यस्तै निगमले हवाई इन्धनको मूल्यसमेत घटाएको छ । तर, यो अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि मात्र हो । हवाई इन्धनको मूल्य प्रति किलोलिटर ५० अमेरिकी डलरका दरले घटेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ ।डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।
खाना पकाउने ग्यासको मूल्य घट्यो
खाना पकाउने ग्यासको मूल्य घट्यो

Advertisement
तपाईको प्रतिक्रिया