प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ नियुक्त

कामना डेली,रुपन्देही । कपिलबस्तुका मसहुँद खाँ ५ नम्बर प्रदेश सरकारको प्रदेश मदरसा शिक्षा व्यवस्थापन तथा समन्वय समितिको उपाध्यक्षमा नियुक्त भएका छन । बिहिबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले खाँ लाई प्रदेश मदरसा शिक्षा व्यवस्थापन तथा समन्वय समितिको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश सरकारद्धारा बितरण गर्ने बिभिन्न पदकहरु प्राप्त गर्ने व्यक्तिहरुको नामलाई अनुमोदन गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । पदक प्राप्त गर्ने सबै व्यक्तिहरुको टुंगो लागि नसकेकोले नाम भने सार्वजनिक भएको छैन ।

Sharing Now!

You might also like

Comments are closed.