भारतीय शोमा मेनुकाले गीत गाउँदा जजले भने “तिम्रो मुल्याकंन गर्ने हाम्रो औकात छैन”(भिडियो सहित)  

नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि कसैले बिर्सन सकेको छैन । नेपाल आइडलबाट अपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगेतिक प्रस्तुतीलाई रोकिनन् । त्यस समयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाईन् ।

सांगेतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् । नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन् । हिजोमात्र जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकीछिन् ।

उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।

जजको रुपमा रहेका संगितकार शेखर रबजानी , सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् । उनी भन्छिन् “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...