• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • २. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ३. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • दाङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दाङ देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गरेका छन्।
    बेलायत सरकारको सहयोग र UNOPS को सहकार्यमा निर्माण गरिएको उक्त भवनबाट महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित संवेदनशील मुद्दामा पीडितमैत्री सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
    उद्घाटन कार्यक्रममा आईजीपी कार्कीले नयाँ संरचनाले न्यायमा सहज पहुँच र सुरक्षित वातावरण सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। “पीडितलाई सम्मानजनक व्यवहारसहित सेवा दिनु प्रहरीको पहिलो दायित्व हो,” उनले भने, “प्रत्येक नागरिकको आवाज सुन्ने प्रहरी संगठन निर्माणमा हामी प्रतिबद्ध छौं।”
    उनले सामाजिक सञ्जालमा प्रहरीसँग खिचिएका तस्वीर दुरुपयोग गरेर सर्वसाधारणलाई प्रभाव पार्ने वा डरत्रास सिर्जना गर्ने प्रवृत्तिप्रति पनि सचेत रहन आग्रह गरे। त्यस्ता गतिविधिले निर्दोष व्यक्तिहरूलाई भ्रमित पार्न सक्ने उनको भनाइ थियो। साथै, हरेक मुद्दामा जवाफदेहिता सुनिश्चित गरिने र ‘टाठाबाठा’ संस्कृति अन्त्य गरिने उनले बताए।
    करिब २ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भएको भवन २८७.२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। भुइँतलामा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, बालमैत्री कक्ष लगायतका सुविधा छन् भने माथिल्ला तलामा आवासीय तथा अन्य आवश्यक संरचना राखिएको छ।
    कार्यक्रममा भवन निर्माणमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। उद्घाटनपछि आईजीपी कार्कीले परिसरमा वृक्षारोपण गर्नुका साथै मन्दिर दर्शन गरेका थिए।
    लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
    नयाँ सेवा केन्द्र सञ्चालनसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरी दर्ता, अनुसन्धान र परामर्श सेवा अझ व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ।

    Advertisement

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...