• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. भान्साबाट देश चिनाउने युवराजको सपना

  • ५. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ६. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ७. रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

  • ८. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ९. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • १०. बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म


  •   बुधबार, माघ ०८, २०८२ मा प्रकाशित
  • प्युठान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार प्युठानमा राजनीतिक दलहरूले उल्लासपूर्ण रूपमा मनोनयन दर्ता गरे ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा नेकपा एमालेका उम्मेदवार सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्राडा गोविन्दराज पोख्रेलबीच सौहार्दपूर्ण भेटघाट देखियो। मनोनयन स्थलमा उम्मेदवार तथा नेताहरूले हाँसो–ठट्टासहित आपसी शुभकामना आदान–प्रदान गरेका थिए।
    मनोनयन दर्ता गराएका उम्मेदवार र उनीहरूका कार्यकर्ताले एक–अर्काविरुद्ध घोचपेच नगरी प्रतिक्रिया दिए । सबै उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । एमाले उम्मेदवार थापाले २०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनलाई पराजित गरेको स्मरण गर्दै प्युठानमा आफूसंग प्रतिस्पर्धा गर्न सक्ने हैसियत कसैसँग नरहेको दाबी गरे। विगत तीन वर्षमा सुरु गरिएका विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै उनले प्युठानी जनताको विकास र समृद्धीको सपना साकार पार्ने बताए।
    नेपाली कांग्रेसका उम्मेदवार प्राडा पोख्रेलले युवालाई रोजगारी दिलाउने र विदेशी लगानी भित्र्याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताउँछन् ।
    देशमा लगानीको वातावरण कमजोर हुँदा रोजगारी सिर्जना हुन नसकेको उल्लेख गर्दै उनले प्रतिनिधिसभामा पुगेर नीति निर्माणमा भूमिका खेल्ने दाबी गरे। कांग्रेसको ‘डिएनए’मै अनुशासन रहेको भन्दै उनले सभ्य चुनावी प्रचारमा जोड दिए।
    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार कृष्णध्वज खड्काले जेनजी आन्दोलनका माग सम्बोधन गर्न र राजनीति स्थायित्वको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
    राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जिसीले लामो समयदेखि जनताकै बीचमा रहेर राजनीति गर्दै आएको दाबी गरे। प्युठानका गाउँ–बस्तीका समस्या आफूलाई नजिकबाट थाहा रहेको उनले बताए। ‘प्युठानका गाउँ–बस्ती डुलेको छु। यहाँका जनताको दुःख- सुख नजिकबाट बुझेको छु,’ उनले भने, ‘मलाई जनताले विश्वास गर्नेछन् ।’
    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिकले जेनजी आन्दोलनका माग सम्बोधन गर्न नेतृत्व र नीति परिवर्तन आवश्यक रहेको भन्दै आफ्नो उम्मेदवारी परिवर्तनको प्रतिनिधित्व भएको दाबी गरे।
    मनोनयन दर्तासँगै प्युठानमा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू जित सुनिश्चित गर्ने रणनीति बनाउन आन्तरिक तयारीमा जुटेका छन्। जिल्लामा एक जना महिलासहित १४ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

    Advertisement

    बुधबार, माघ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ६.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    भर्खरै

    • १.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ३.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ४.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ६.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    • ७.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • ८.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation