• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य


  •   शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठानको प्रमुख धार्मिक तथा प्राकृतिक गन्तव्यस्थल गौमुखीमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित गौमुखी भ्रमण वर्ष २०८२ को औपचारिक शुभारम्भ गरिएको छ।
    शनिबार गौमुखी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भ्रमण वर्ष उद्घाटन गर्दै गौमुखीको पर्यटन विकासमा सरकारी तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाए।
    “पर्यटन नेपालको समृद्धिको आधार हो,” मन्त्री पाण्डेले भने, “प्रदेश र स्थानीय तहसँग समन्वय गरेर गौमुखी प्रवर्द्धन गरिनेछ।”
    उनले पर्यटन विकासमा निजी क्षेत्रको भूमिकालाई पनि महत्वपूर्ण बताउँदै भ्रमण वर्षको अवसरलाई लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए। “निजी क्षेत्रलाई नाफामात्र होइन, कर तिर्ने, श्रमको मूल्य दिने र उपभोक्ताको हित सुनिश्चित गर्ने विषयमा ध्यान दिनुपर्छ,” मन्त्री पाण्डेले भने।
    गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले भ्रमण वर्ष समग्र क्षेत्रको विकासमा कोसेढुंगा सावित हुने बताए। उपाध्यक्ष महावीर रानाका अनुसार भ्रमण वर्षले प्रचारप्रसारको अभावमा ओझेलमा परेको गौमुखी क्षेत्रलाई पुनः उजागर गर्ने अवसर प्रदान गरेको छ।
    वर्षभर चल्ने भ्रमण अभियानमा गौमुखी गुफा, बाइस मुल झरना, झाक्रिढुङ्गा, रानीताल, अर्खा–रजवारा झोलुंगे पुल, गोद्रेचौर, टोपरे गुफा लगायत धार्मिक तथा प्राकृतिक स्थलहरू प्रमुख आकर्षण हुनेछन्। यस्तै, यानिमाया भाका, मारुनी, सोरठी, पञ्चेबाजा लगायत स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि समेटिनेछन्।
    पर्यटक सुविधाका लागि गौमुखी नजिकैको अर्खा गाउँमा होमस्टे सेवा सञ्चालनमा ल्याइएको छ।
    यसअघि, वि.सं. २०७५ मा नेपाल पत्रकार महासंघ प्यूठानले ‘गौमुखी मिडिया सम्मेलन’ आयोजना गरी क्षेत्रको पर्यटन सम्भावनाबारे बहस अघि सारेको थियो।
    गौमुखी गाउँपालिका–२ अर्खामा अवस्थित झिमरुक नदीको उद्गमस्थल ‘गौमुखी गुफा’ क्षेत्रको मुख्य आकर्षण मानिन्छ। गाईको मुखजस्तो आकारको ढुंगाबाट निरन्तर पानी झर्ने भएकाले यसको नाम गौमुखी रहन गएको हो।
    गौमुखी खलंगाबाट झन्डै ४० किलोमिटरको सडक यात्रा र करिब एक घण्टाको पैदलयात्रापछि पुग्न सकिन्छ। विशेषगरी माघे संक्रान्तिमा यहाँ ठूलो मेला लाग्ने परम्परा छ।
    भ्रमणको क्रममा मन्त्री पाण्डेले स्वर्गद्वारी नगरपालिका–८ दहचौरमा निर्माण गरिएको शान्ति पार्कको पनि उद्घाटन गरेका छन्।
    नेपाल पर्यटन बोर्डले हालै पोखरामा शाखा स्थापना गरिसकेको छ भने लुम्बिनी र सुदूरपश्चिममा पनि शाखा विस्तार गर्ने तयारी भएको मन्त्री पाण्डेले जानकारी दिए। ती शाखामार्फत निजी तथा सरकारी क्षेत्रसँग सहकार्य गरी पर्यटन प्रवर्द्धन गरिनेछ।

    Advertisement

    शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation