• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लोकप्रिय समाचार

  • १. असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

  • २. राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

  • ३. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

संसदीय टोलीद्वारा प्युठानमा कृषि अनुगमन


  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
  • प्युठान। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गतको संसदीय टोलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्युठानमा सञ्चालनमा रहेका बाली क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको छ। समिति सदस्य विरबहादुर बलायरको नेतृत्वमा आएको टोलीले धान, तरकारी तथा अदुवा–बेसार जोनको अवलोकन र सरोकारवालासँग संवाद गरेको परियोजना इकाइ प्रमुख चुमान गिरीले जानकारी दिनुभयो।
    टोलीले सरुमारानी–३ सुजिनपुर र वडा–४ वड्डाडामा फैलिएको करिब ४ सय रोपनी क्षेत्रफलमा अदुवा–बेसार खेती, प्लास्टिक मल्चिङ, बीउ उपचार प्रणाली र काँचो इँटाको भण्डारण गृहको अवलोकन गरेको थियो। स्वर्गद्वारी–९ स्थित शुभेच्छा कृषि फार्ममा टोलीले थोपा सिँचाइ, काक्राको उन्नत जातको परीक्षण खेती र व्यवसायिक तरकारी उत्पादनको अवस्थाबारे जानकारी लिएको थियो। फार्म सञ्चालक पूर्ण घर्तीले प्रविधिमैत्री खेतीका अनुभवहरू बाँड्नुभयो।

    Advertisement

    त्यस्तै, प्युठान नगरपालिका–३ मा महिलाहरूको नेतृत्वमा सञ्चालित बिजयनगर महिला कृषि सहकारीले उत्पादन गर्दै आएको सावित्री र चैते–५ जातका धान बीउ उत्पादन पनि निरीक्षण गरिएको थियो। सहकारीले अघिल्लो वर्ष ४० क्विन्टल बीउ बिक्री गरेको र यो वर्ष ६० क्विन्टल उत्पादन तयारी अवस्थामा रहेको जानकारी दिएको छ।निरीक्षणका क्रममा कृषकहरूले सिँचाइ, रासायनिक मलको अभाव, मूल्य र बजार पहुँचलगायतका समस्याहरू राख्दै लिज प्रक्रिया, कृषि बीमा र सहुलियतपूर्ण ऋणमा पहुँच सहज बनाइदिन आग्रह गरेका थिए। सांसद बलायरले परियोजनाको प्रभाव मूल्याङ्कन, समस्या पहिचान र सम्भाव्यता बुझ्न अनुगमन गरिएको बताउँदै संरचनागत समस्या समाधान र नीतिगत सुधारका लागि राज्य गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
    टोलीमा समितिका पदाधिकारी, संघीय सांसद, कृषि प्राविधिक, परियोजना प्रतिनिधि र स्थानीय कृषकको उल्लेखनीय सहभागिता रहेको थियो।

    शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी,

    • २.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

    • २.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ६.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ७.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ८.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...