• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

गुल्मीका ४ सहकारी सम्मानित


  •   बुधबार, चैत १९, २०८१ मा प्रकाशित
  • गुल्मी । ६८औं सहकारी दिवसको अवसरमा गुल्मी जिल्लाका ४ वटा सहकारी संस्था सम्मानित भएका छन्। सम्मानित संस्थाहरूमा मैत्री बहुउद्देश्यीय सहकारी संस्था, अम्मरकल्याण महिला विकास सहकारी संस्था, बाँसखर्क कृषि सहकारी संस्था, र लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था रहेका छन्।

    Advertisement

    लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सहकारी क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेवापत यी संस्थाहरूलाई सम्मान गर्नुभएको हो। दिवसको अवसरमा जिल्ला सहकारी संघको आयोजनामा तम्घासमा करिब ४० वटा संस्थाले संयुक्त रूपमा सहकारी कर्मीको प्रभातफेरीसहित विशेष कार्यक्रम सम्पन्न गरेका थिए। जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष सोमनाथ सापकोटाका अनुसार समाजमा सहकारीप्रति बढ्दै गएको निराशालाई चिर्नका लागि बृहत् कार्यक्रमको आयोजना गरिएको हो। उनले जिल्लामा सहकारीप्रति जनलहर बढ्दो रहेको पनि बताए। यस अवसरमा सहकारी आन्दोलनको इतिहास, सहकारी संस्थाहरूको महत्व, र तिनको सामाजिक योगदानबारे छलफल गरिएको थियो। सहकारी संस्थाका सदस्यहरू, कर्मचारीहरू, तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा सहकारी आन्दोलनको महत्त्व झल्काउने नारासहित जुलुस निकालेर बजार परिक्रमा गरिएको थियो। कार्यक्रममा सहकारी संस्थाका विभिन्न पदाधिकारी, सदस्य, र सामाजिक क्षेत्रका अगुवाहरूले सहकारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन एकता र समन्वय आवश्यक रहेकोमा जोड दिए। प्रमुख अतिथि मन्त्री कार्कीले सहकारी संस्थाहरू समाजको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सहकारी आन्दोलनलाई प्रगतिको मार्गमा अघि बढाउन सबैलाई एकजुट भएर कार्य गर्न आग्रह गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, तथा जिल्लाका अन्य सहकारी कर्मीहरूले सहकारी दिवसको महत्वबारे चर्चा गरेका थिए। जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष युवराज आचार्यका अनुसार गुल्मीमा हाल करिब ४०० वटा सहकारी संस्था रहेका छन्, जसमा १०२ वटा जिल्ला सहकारी संघमा आबद्ध छन्। हाल स्थानीय तहमै सहकारी संस्था दर्ता हुने क्रम बढेका कारण जिल्ला सहकारी संघमा आबद्ध हुनेको सङ्ख्या केही घटेको उनले जानकारी दिए।

    बुधबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation