• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लोकप्रिय समाचार

  • १. असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

  • २. राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

  • ३. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

ईगो’को बदला: आफ्नै काका-काकीको हत्या


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • प्युठान माण्डवी गाउँपालिका-२, रातापानी गाउँ। शनिबार बिहान अबेरसम्म पनि ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार बाहिर देखिएनन्।
    बिहान १२ बज्न लाग्दा पनि घरको ढोका खुलेन। छिमेकीहरू बोलाउन गए। ढोका ढकढक्याए। तर कुनै आवाज आएन। कोही झ्यालबाट चिहाएर हेर्न पुगे। दृश्य हृदयविदारक थियो। बुढाबुढी ओछ्यानमै रगताम्य भई ढलेका थिए। गाउँभरि सनसनी फैलियो।
    घटनाको खबर मृतकका भतिजा पंकज परियारले प्रहरीलाई गरे। केही समयमै प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्यालको नेतृत्वमा अनुसन्धान टोली आइपुग्यो। गाउँलेहरू स्तब्ध थिए। कसैको आँखा रसाएको थियो, कसैको अनुहार त्रासले भरिएको। हत्या कसले गर्‍यो? किन गर्‍यो? यस्ता प्रश्नहरूले गाउँको शान्त वातावरणलाई बोझिलो बनाइरहेको थियो।

    Advertisement

    “सूचना दिने युवक पक्राउ”

    प्रहरीको प्रारम्भिक अनुसन्धानले विभत्स हत्या भएको संकेत गर्यो। टाउको र शरीरभरि गहिरा चोट, रगतले लतपतिएको कोठा। छानबिन अगाडि बढ्दै जाँदा प्रहरीको शंका मृतकको दाईको छोरा ३४ बर्षिय पंकज परियारतर्फ सोझियो—त्यही व्यक्ति जसले प्रहरीलाई पहिलो सूचना दिएका थिए। जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी दिपेश बस्यालले हत्याको सूचना दिने व्यक्ति नै पंकज भएको खुलाए।
    उनले भने,‘जसले हामीलाई सबैभन्दा पहिला घटना शंकास्पद छ भनेर सूचना दिएको थियो, उसैले दम्पतीको हत्या गरेको खुल्यो,’

    एक झोंकले लिएको दुई जीवन

    पंकजको घर मृतकको घरभन्दा ६० मिटरको दूरीमा छ। प्रहरी अनुसन्धान अनुसार, हत्याको मूल कारण निरन्तर गालीगलौज र अपमान थिए। पंकजका अनुसार, उनका काका रामबहादुरले उनलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गर्थे। काकी हुकुमाले समेत उनलाई हेप्ने गर्थिन्।
    उनिहरुबिच झगडा भैरहन्थ्यो । यो पटक, पंकजको सहनशक्ति सकियो। आक्रोश मनभित्र गड्यो। बदला लिने सोच पलायो।
    शनिबार राति १०:३० बजे, उनले रक्सी सेवन गरे। रिस र नशाले मग्न पंकज आफ्ना काका-काकीको घरमा झ्यालबाट छिरे। उनीहरू निदाइरहेका थिए। ढोकाको छेउमा राखिएको घन उठाए। टाउकोमा तीन-तीन पटक प्रहार गरे। केही क्षणमै जीवन समाप्त भयो। प्रतिवादी पंकजलाई एउटा स्वास्नी पाउन नसकेको थारो भन्दै काकीले गालिगलोज गरे पछि मार्छु भन्ने निर्णय लिएको पाईयो ।’
    जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक दिपेश बस्यालले भने ,‘हत्याको मुख्य कारण ईगो नै देखिन्छ भने अत्याधिक रक्सी सेवन पनि एक कारण हो ।’

    हत्या, प्रमाण र प्रहरी अनुसन्धान

    प्रहरीले अनुसन्धान गर्दा घटनास्थलबाट ५० मिटर पर रगतले लतपतिएको घन भेटियो। मृतकहरूको रगत पुछिएको ब्ल्याङ्केट बरामद गरियो। घटनाका बेला लगाएको सुईटर भेटियो। हत्या गरेपछि हुकुमाको पटुकीमा रहेको २२० रुपैयाँ साथमा लिई गएको र खर्च भई बाँकी रहेको २० रुपैयाँ समेत बरामद गरियो।
    पंकजलाई प्रहरीले नियन्त्रणमा लिएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ। हत्या स्वीकारेका पंकजमाथी प्रहरीले आइतबार प्युठान जिल्ला अदालतबाट म्याद थपेर आवास्यक अनुसन्धान अघि बढाएको बताएको छ।
    अब मृतक परियार दम्पतीको त्यो घर पुरा खाली र सुनसान छ। चार छोरा भारतमा छन्, विवाह भएर गएका तीन वटि छोरी दाङ बस्छन । यहाँ बस्ने कोही छैन। एक समय हाँसोखुसीले भरिएको त्यो घरमा अब त्रासको साया मात्र बाँकी छ।

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी,

    • २.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

    • २.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ६.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ७.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ८.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...