• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

ईगो’को बदला: आफ्नै काका-काकीको हत्या


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • प्युठान माण्डवी गाउँपालिका-२, रातापानी गाउँ। शनिबार बिहान अबेरसम्म पनि ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार बाहिर देखिएनन्।
    बिहान १२ बज्न लाग्दा पनि घरको ढोका खुलेन। छिमेकीहरू बोलाउन गए। ढोका ढकढक्याए। तर कुनै आवाज आएन। कोही झ्यालबाट चिहाएर हेर्न पुगे। दृश्य हृदयविदारक थियो। बुढाबुढी ओछ्यानमै रगताम्य भई ढलेका थिए। गाउँभरि सनसनी फैलियो।
    घटनाको खबर मृतकका भतिजा पंकज परियारले प्रहरीलाई गरे। केही समयमै प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्यालको नेतृत्वमा अनुसन्धान टोली आइपुग्यो। गाउँलेहरू स्तब्ध थिए। कसैको आँखा रसाएको थियो, कसैको अनुहार त्रासले भरिएको। हत्या कसले गर्‍यो? किन गर्‍यो? यस्ता प्रश्नहरूले गाउँको शान्त वातावरणलाई बोझिलो बनाइरहेको थियो।

    Advertisement

    “सूचना दिने युवक पक्राउ”

    प्रहरीको प्रारम्भिक अनुसन्धानले विभत्स हत्या भएको संकेत गर्यो। टाउको र शरीरभरि गहिरा चोट, रगतले लतपतिएको कोठा। छानबिन अगाडि बढ्दै जाँदा प्रहरीको शंका मृतकको दाईको छोरा ३४ बर्षिय पंकज परियारतर्फ सोझियो—त्यही व्यक्ति जसले प्रहरीलाई पहिलो सूचना दिएका थिए। जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी दिपेश बस्यालले हत्याको सूचना दिने व्यक्ति नै पंकज भएको खुलाए।
    उनले भने,‘जसले हामीलाई सबैभन्दा पहिला घटना शंकास्पद छ भनेर सूचना दिएको थियो, उसैले दम्पतीको हत्या गरेको खुल्यो,’

    एक झोंकले लिएको दुई जीवन

    पंकजको घर मृतकको घरभन्दा ६० मिटरको दूरीमा छ। प्रहरी अनुसन्धान अनुसार, हत्याको मूल कारण निरन्तर गालीगलौज र अपमान थिए। पंकजका अनुसार, उनका काका रामबहादुरले उनलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गर्थे। काकी हुकुमाले समेत उनलाई हेप्ने गर्थिन्।
    उनिहरुबिच झगडा भैरहन्थ्यो । यो पटक, पंकजको सहनशक्ति सकियो। आक्रोश मनभित्र गड्यो। बदला लिने सोच पलायो।
    शनिबार राति १०:३० बजे, उनले रक्सी सेवन गरे। रिस र नशाले मग्न पंकज आफ्ना काका-काकीको घरमा झ्यालबाट छिरे। उनीहरू निदाइरहेका थिए। ढोकाको छेउमा राखिएको घन उठाए। टाउकोमा तीन-तीन पटक प्रहार गरे। केही क्षणमै जीवन समाप्त भयो। प्रतिवादी पंकजलाई एउटा स्वास्नी पाउन नसकेको थारो भन्दै काकीले गालिगलोज गरे पछि मार्छु भन्ने निर्णय लिएको पाईयो ।’
    जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक दिपेश बस्यालले भने ,‘हत्याको मुख्य कारण ईगो नै देखिन्छ भने अत्याधिक रक्सी सेवन पनि एक कारण हो ।’

    हत्या, प्रमाण र प्रहरी अनुसन्धान

    प्रहरीले अनुसन्धान गर्दा घटनास्थलबाट ५० मिटर पर रगतले लतपतिएको घन भेटियो। मृतकहरूको रगत पुछिएको ब्ल्याङ्केट बरामद गरियो। घटनाका बेला लगाएको सुईटर भेटियो। हत्या गरेपछि हुकुमाको पटुकीमा रहेको २२० रुपैयाँ साथमा लिई गएको र खर्च भई बाँकी रहेको २० रुपैयाँ समेत बरामद गरियो।
    पंकजलाई प्रहरीले नियन्त्रणमा लिएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेको छ। हत्या स्वीकारेका पंकजमाथी प्रहरीले आइतबार प्युठान जिल्ला अदालतबाट म्याद थपेर आवास्यक अनुसन्धान अघि बढाएको बताएको छ।
    अब मृतक परियार दम्पतीको त्यो घर पुरा खाली र सुनसान छ। चार छोरा भारतमा छन्, विवाह भएर गएका तीन वटि छोरी दाङ बस्छन । यहाँ बस्ने कोही छैन। एक समय हाँसोखुसीले भरिएको त्यो घरमा अब त्रासको साया मात्र बाँकी छ।

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    भर्खरै

    • १.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • २.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ३.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ४.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ५.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ६.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ७.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ८.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...