प्यूठान। जिल्लाको बाग्दुला पुल्चोकमा बसले किचेर एकजना बालिकाको मृत्यु भएको छ।
नमस्ते यातायात प्रालीको ना ४ ख १३०९ नम्बरको बसले किचेर नौबहिनी गाउँपालिका ७ फोप्लीकी डेढ वर्षीय बालिका तिर्सना पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल विजुवार लगिएको छ।
घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।
Advertisement