• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

म मेरा लागि होईन, बैतडीका जनताको लागि काम गर्ने छु : पाल


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • बैतडी। सुदूरपश्चिम प्रदेश सभा उम्मेदवार बैतडी प्रदेशसभा ‘क’मा नेकपा एमाले तर्फका उम्मेदवार (सुरेन्द्र पाल)सँग   अमर खत्रीको निर्वाचन केन्द्रीत  कुराकानीको सम्पादित अंश :

    Advertisement

    २०५४मा रुद्रेश्वर गाउँ विकास समिती अध्यक्षमा हुँदै २०७५ र एमालेको दसौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षमा  निर्वाचित हुनुभयो । अहिले प्रदेश चुनावको तयारी गरिरहनुभएको छ, कस्तो रह्यो तपाईको यात्रा ? 

    म २०४६ साल देखि नेपाली राजनीतिमा निस्वार्थ भावले सक्रियताका साथ होमिएको हु । बैतडी कम्युनिस्ट आन्दोलन र दीन दुःखी एवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरी २०५० सालमा नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्य र २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिति अध्यक्षमा राष्ट्रिय पञ्चायत सदस्य काँग्रेसका कम्मान बहादुर पाललाई पराजित गर्दे अध्यक्षमा निर्वाचित भए ।

    म निर्वाचित भएपश्चात समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटिएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको पनि सामना गर्दै बैतडीमा कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याइ आफ्नो जीवनमा विभिन्न त्याग, सङ्घर्ष र योगदान गरी २०७१ सालमा नेकपा एमाले बैतडी जिल्लाको कार्यवाहक नेतृत्व सम्हाले,२०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको बैतडी जिल्ला अध्यक्ष भए र नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भएको हु ।

    चुनाव परीक्षा हो भन्छन् । परीक्षाका लागि ‘जे होला हेरौंला’ कि ‘बृहत् तयारी’ पनि छ ? स्वाभाविक रूपमा दाबी मेरो थियो । २०७४ को चुनावमा पनि मलाई टिकट दिइयो तर त्यो बेला चुनाव नलडी अरुलाई मौका दिए ।अहिले टिकट आउने कुरा पनि निश्चित थियो । म बृहत् तयारीका साथ चुनावमा लागेको छु ।

    तपाईंको उम्मेदवारी किन ? सुरेन्द्र जी ।

    जनताको चाहना र बैतडीवासीले मेरो आवश्यक्ता महसुस गरेपछि उम्मेदवारी दिएको हुँ। उहाँहरुले यहाँको नेतृत्वका लागि मलाई रुचाएपछि चुनावी मैदानमा आएको हँ ।

    ‘मेरो कमाउनु केही छैन्, निर्वाचित भएपछि जनताहरुकै लागि काम गर्छु ।’ यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने भिजन मसँग छ । मैलै अधुरा काम पुरा गर्नुका साथै सिंगो प्रदेशसभा क्षेत्र ‘क’ को विकासका लागि दिलो ज्यान लगाएर काम गर्ने छु ।

    जिल्लाको विकासको लागि केही गरौँ भनेर ‘म पहिलो पटक चुनावमा होमिएको हुँ ।’ जनचाहना र बैतडी क्षेत्र ‘क’ वासीको सल्लाह, सुझाव अनुसार समग्र जिल्लाकोे विकास गर्न नै मुख्यत मेरो उम्मेदवारी हो ।

    आफूलाई कस्तो नेता भनेर चिनाउनुहुन्छ ?

    म कस्तो भनेर मैले भनेर हुँदैन । यो विषयमा बैतडीका जनताले बोल्नुपर्छ । उहाँहरूको हातमा छ । म विकाश निमार्णका सवालमा कहिले पछि हट्दैन दिलो ज्यान लगाएर लागिरहन्छु । विकास निर्माण लगायत हरेक समस्याहरूमा सँगसँगै भएको हुनाले उहाँहरूकै हातमा छोडेको छु, म कस्तो नेता हुँ भनेर ।’

    तपाईले मतदाताहरूको अपेक्षा कस्तो पाउनुभयो ?

    सकारात्मक अपेक्षा छ । कतिले पहिले जितेर गएकाले जस्तै पो गर्नुहुन्छ कि भन्नुभएको छ । म आफ्नै गाउँठाउँमा बस्ने व्यक्ति भएकाले त्यस्तो गुनासो गर्ने दिन आउँदैन भनेर आश्वासन दिएको छु । मत प्राप्त गरेर जितेपछि फर्केर नआउने प्रचलन बढी छ, तपाईं त्यस्तो नगर्नुहोला भन्नुभएको छ । उहाँहरूको अपेक्षाअनुरूप काम गर्छु ।

    मतदाताहरूलाई के भनेर आश्वासन दिनुभएको छ ?

    विगतमा जितेर जानुभएका प्रतिनिधिले केही परिवर्तन गर्नुभएको छैन । यातायात, स्वास्थ्य, शिक्षामा देखिने परिवर्तन कमै छ । हुने कुरा गर्छु मैले । जितेर गएपश्चात् निराश भने बनाउने छैन । अहिले चिल्ला कुरा गरेर तपाईहरुलाई मख्ख पार्दैन । मलाई भोट दिएर हेर्नुहोस् काम काम गरेर देखाउने छु,काम गरेन भने अर्को पल्लट भोट माग्न आए लखेटेर पठाउनुहोला भनेको छु ।

    तपाईंलाई बैतडी ‘क’का जनताले जिताएमा चुनावी आश्वासन मात्रै पाउँछन् कि ?

    म मेरा प्रतिबद्धता सदवै पूरा गर्छु । चुनावी आश्वासन मात्रै नभएर प्रतिबद्धता पूरा गर्ने व्यक्ति भनेर चिन्नुहुनेछ मलाई बैतडीका प्रदेश ‘क’ का आमजनताहरूले । आश्वासनमा मात्रै केन्द्रित हुँदैन । विकाश निमार्णको सवाल होस या आम जनताहरको समस्या सामाधान गर्न लागिरहनेमा ढुक्क हुनुहोस् ।

    तपाईं निर्वाचित भएपछि के गर्नुहुन्छ,व्यक्तिगत रूपमा के–कस्ता प्रतिबद्धता पूरा गर्छु भनेर जनतामाझ जाँदै हुनुहुन्छ ? बताइदिनुस् न ।

    बैतडी पर्यटन क्षेत्रको सम्भावना बोकेको क्षेत्र हो । मैले संघ र प्रदेशसँग समन्वय गरेर पर्यटन अनुकूल नीति बनाउन जोड दिएर अगाडि बढ्छु भनेको छु । शिक्षा,स्वास्थ्य,भौतिक निमार्ण र समृद्ध बैतडी निमार्णमा कम्मर कसेर काम गर्छु मैले । यही कुरा जनतामाझ बुझाएर मतको अपेक्षा गरेको छु ।

    बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुस्टि भएको छ । सडक र बिजुली नहुँदा फलाम खानी उत्खनन हुन सकेको छैन् ।

    बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको बिन्द्रावन पक्की सडकबाट करिब तीन किलोमिटर मात्रै टाढा रहेको फलाम खानीसम्म गतिलो सडक र बिजुली पुग्न सकेको छैन् । बैतडीमा फलाम खानी मात्रै होइन, बैतडीको दोगडाकेदार गाउँपालिका–७ र ३ नं. वडाको बसौरा र पुरचौडी नगरपालिका–६, साउनगाउँमा कृषि मलमा प्रयोग हुने फस्फोराइट खानीसमेत रहेको छ ।

    नेपाल सरकारले किसानलाई वार्षिक छ अर्ब रुपियाँ बराबरको मल आयात गर्ने गरेको तथ्याङ्क भए पनि बैतडीमै फस्फोराइट खानी भए पनि उद्योग स्थापना हुन सकेको छैन । यी यस्ता खानीहरुलाई सञ्चालन ल्याउन पहल गर्ने छु ।

    यसैगरी बैतडीका १० वटा स्थानीय तहमध्ये पुर्चौडी नगरपालिकामा फलाम खानी, कृषि मलमा प्रयोग हुने फस्फोरस खानी रहेका छन् । दोगडाकेदार गाउँपालिकामा चुनढुङ्गा र फस्फोराइट खानी, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा सिसा र मौरा भीरमा शिलाजित खानी छन् । सिगास गाउँपालिकामा फलामसँगै खरी ढुङ्गा, स्लेट खानी, डिलासैनी गाउँपालिका छोएर बग्ने चमेलिया नदी किनारमा युरेनियम र सुन खानी, शिवनाथ गाउँपालिकामा कुटानी पिसानीमा प्रयोग हुने घट्ट, जाँतो र खल बनाउने ढुङ्गा खानी भए पनि विस्तृत अध्ययन अहिले सम्म हुन सकेको छैन् ।

    यस्तै भन्नुपर्दा चमेलिया नदीमा सुन र युरेनियम रहेको तत्कालीन जिल्ला विकास समिति बैतडीमा तथ्याङ्क छ । विस्तृत खोज अनुसन्धानका लागि सरकारलाई आग्रह गरिएको भए पनि अहिलेसम्म खानीको अध्ययन हुन सकेको छैन् । पुर्चौडी नगरपालिका मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा ३० वर्षपहिले स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल अहिले पनि देख्न सकिन्छ ।

    खानी बन्द भएपछि फलाम उत्खनन गरेर विभिन्न औजार बनाउने चलनसमेत हराएपछि विदेशबाट आयात गरिने प्लास्टिक र सिल्बरका भाँडावर्तनको प्रयोग बढेको छ । खानीबाट उत्खनन गरेर निकालिएको फलामबाट बनेका पुरचौडे भदेला (कराई) अहिले पनि सुदूरपश्चिम क्षेत्रको जनबोलीमा झुन्डिएको छ । फलाम खानी बन्द भएपछि यहाँका परम्परागत आरनहरू बन्द भएका छन् । हेर्नुहोस् त बैतडीले कति सम्भावना बोकेको छ । यी बन्द रहेका खानीहरुलाई सुचारु गर्न मैले संघ र प्रदेशसँग समन्वय गरेर सञ्चालन गर्न जोड दिएर अगाडि बढ्छु ।

    निर्वाचित भएपछि पक्कै पहल गर्छु मैले । निर्वाचित नभएपनि मैले खेल्नुपर्ने भुमिका खेल्ने छु । समग्र बैतडीको चौतर्फी विकासका लागी समन्वय गर्छु । सुधार गर्नुपर्ने त धेरै छ नि, स्वास्थ क्षेत्र उस्तै छ ।

    हाम्रो प्रदेश क्षेत्रमा स्वास्थ्य क्षेत्र अव्यवस्थित छ, त्यो व्यवस्था मिलाउन समन्वय गर्छु । नेपालको शिक्षा प्रणाली फेर्नु जरुरी छ । शिक्षित मान्छे उत्पादन गरिरहेका छौं । तर, नैतिक मान्छे उत्पादन गर्न सकेनौं।

    भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ । देश विकास नहुनुमा पनि भ्रष्टाचार प्रमुख कारण छ । जनताले मलाई यस पटक जिताउनुहुन्छ । सोहीअनुरूप म काम पनि गर्छु । सकेको गर्छु । पहिले पनि भनेको छु ।

    चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ?

    क्षेत्र नं. ‘क’ एवंम बैतडीका जनताको लगातार सेवा गरिरहेको छु । यहाँका जनताको सेवक हुँ । मलाई मेरो क्षेत्रका जनताले जे–जस्तो नतिजा दिए पनि स्वीकार्य छ । नेकपा एमालेको माहोल सकारात्मक छ । राम्रो छ । सकारात्मक तरिकाले अगाडि बढिरहेको छु ।

    २०४६देखी निरन्तर बैतडीको विकाशको लागि खटेको छु । म जनताकै सेवामा छु । मलाई यो ठाउँको माया छ । म यहाँकै स्थायी बाशिन्दा हु । म सदैव बैतडीकै लागि छु । यसैगरी भनुपर्दा गठबन्धनबाट धेरैजना आकांक्षी देखिए पनि टिकट स्थानीय तहमा अध्यक्ष भएको समयमा चरम भ्रष्टाचार गरेको आरोप लागेका व्यक्तीले पाउनुले पनि यहाँका जनताले मलाई सेवा गर्ने मौका दिनेमा विश्वास छ ।

    अन्त्यमा, बैतडी प्रदेश सभा क्षेब क का लागि तपाईंको केही सन्देश छ ?

    समृद्ध र सुन्दर बैतडी निर्माणका लागिको नेतृत्व लिन हामी हाम्रो टिम चुनावी मैदानमा आएका छौं । बैतडीलाई राम्रो, समुन्नत र समृद्ध बनाउन यहाँ हाम्रो विकल्प बाहेक अरुको छ जस्तो मलाई लाग्दैन् ।

    मसहित मेरो टिमलाई विजयी गराएर बैतडीको विकासको सम्पूर्ण अभिभारा हामीलाई दिन सम्पूर्ण बैतडी क्षेत्र ‘क’ का मतदातालाई आग्रह गर्दछु । बैतडीलाई बैतडी मात्रै नभइ डिजिटल स्मार्ट बैतडी बनाउने मेरो चाहना छ । त्यो म बनाउँछु ।

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    गौमुखीमा निःशुल्क घर बीमा, पहिलो लाभग्राहीलाई बिमा भुक्तानी
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation