• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ३. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ४. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ७. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ८. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

दाङका मुक्त कमलरी आयआर्जनमा जोडिँदै


  •   बुधबार, पुष १०, २०८१ मा प्रकाशित
  • दाङ । तुलसीपुर उपमहानगरपालिका–१८ कि मनप्यारी चौधरी अचेल दिनभर खेतबारीमै व्यस्त हुन्छिन् ।व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेपछि उनको दैनिकी खेतबारीमै बित्ने गरेको छ ।
    –तुलसीपुर–१८ की मुक्त कमलरी आशा चौधरी पनि अचेल दिनभर खेतबारीमै भेटिन्छिन् । यसबाहेक उनले व्यवसायीक रुपमा बाख्रापालन समेत गरेकी छिन् ।
    –तुलसीपुर–१६ डोक्रेनाकी मुक्त कमलरी सुनिता चौधरी पनि खेतमा गोलभेँडा खेती र भेँडापालन गरेकी छिन् । यसबाट उनले राम्रै आम्दानी गरिरहेको बताइन् ।
    उनीहरू त प्रतिनिधि पात्र मात्रै हुन् । मुक्त कमलरी विकास मञ्चले चलाएको घुम्ती कोषबाट रकम लिएर उनीहरू व्यवसायमा जोडिन थालेकी हुन् । घुम्ती कोषबाट उनीहरूलाई ३० हजार प्रदान गरिएको थियो । उक्त रकमले व्यवसाय सुरु गर्न सहज भएको सुनिताले बताइन् । ‘पहिले के गर्ने, कसो गर्ने भनेर अलमलमा थियौं, दैनिक खर्च जुटाउन पनि गाह्रो पथ्र्यो,’ उनले भनिन् ‘अहिले घुम्ती कोषबाट रकम लिएर व्यवसाय गर्न थालेका छौं, यसले व्यस्त पनि बनाएको छ, आम्दानीको बाटो पनि खुलेको छ ।’
    तालिम पनि पाउने र घुम्ती कोष पनि पाउने भएपछि महिलालाई व्यवसाय गर्ने आँट पनि बढेको छ । मुक्तकम्लरी तथा न्यून आयस्तर भएका महिलाहरूलाई लक्षित गरी आयस्तरमा जोड्न थालको हो । मुक्तकम्लरी विकास मन्च दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५, १६ र १८ का महिलालाई आयआर्जनमा जोड्न कार्यक्रम चलाएको छ ।
    एक वर्षमा ३० जना घुम्ती कोषबाट व्यवसायमा जोडिएका छन् भने १४ जनालाई बंगुर, बाख्रापालन लगायतका तालिम प्रदान गरिएको छ । तालिम प्राप्तहरूलाई बंगुरका पाठा समेत उपलब्ध गराएको कार्यक्रम संयोजक सुलोचना चौधरीले बताइन् ।
    यस्तै विभिन्न सचेतनामुलक तथा व्यवसायिक तालिम समेत प्रदान गर्ने गरिएको छ । तीनवटा वडामा तीनवटा युवा क्लब समेत गठन गरिएको छ । युवा क्लबहरूले बाल विवाह न्यूनिकरण, सचेतनामुलक सडक नाटक देखाउँदै आएका छन् । तीन वडामा सातवटा समूह पनि बनाइएको छ ।
    मुक्त कमलरी, दलित, अतिविपन्न महिलालाई आम्दानीमा जोड्न गत वर्षदेखि ‘मुक्तकम्लरी शसक्तिकरण परियोजना’ सञ्चालित रहेको मन्चका उपाध्यक्ष निर्मला चौधरीले बताइन् । आइएम नेपालको सहयोगमा उक्त कार्यक्रम सञ्चालनमा गरिएको हो ।
    न्यून आर्थिक अवस्था भएकाहरूलाई व्यवसायमा जोड्ने गरी सञ्चालित कार्यक्रमले समाजलाई आत्मनिर्भरताको बाटोतर्फ उन्मुख गराउने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । ‘यस्ता कार्यक्रमले समाजलाई आत्मनिर्भर बनाउँछ, आम्दानीका स्रोतहरू बढाउँछ,’ उनले भने, ‘यस्ता कार्यक्रम निरन्तर चल्नुपर्छ ।’

    Advertisement

    बुधबार, पुष १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ४.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    भर्खरै

    • १.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • २.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ३.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ४.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ५.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ७.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ८.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation