प्युठान। प्युठानका विभिन्न ९ वटा ग्रामीण सडकको एकसाथ ठेक्का प्रकृया अगाडि बढेको छ ।
नेपाल सरकारबाट बजेटको ब्यबस्था भएका ती सडकको स्थानिय पुर्वाधार बिकास आयोजना कार्यालय बुटवलमार्फत सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको हो।
कार्यालयका अनुसार जिल्लाको ढाडंबादिकोट-गुल्मी सडक, मुलघाट-सारिबाङ-झिम्प-झाक्रीढुंगा गौमुखी सडक,किटघाट-रातटारी-कुट्खोला-तुषारा-स्नाथान-दिहाल्ना-झाक्रीढुंगा-नेटा सडक, चेरनेटा-धाईरेचौर-सारी-रोल्पा सडकको ठेक्का प्रकृया अगाडि बढाइएको छ।यस्तै,अमिली-मान्द्रे-जुडा-दुरबाङ सडक,पालुकाथान-नौघाट-जावुने-बरौला सडक,बरौला-सराङबेशी-खैरा-खलंगा सडक,रजवारा-लामिबगर-गलछेडा-बोहोरागाउँ-बागलुङ सडक र मच्छिदेखी लिवासे जोड्ने सडकको स्तरोन्नतीका लागि बोलपत्र आह्वान गरिएको स्थानिय पुर्वाधार बिकास आयोजना कार्यालय,बुटवलले जनाएको छ।
बोलपत्र आह्वानको सुचना
प्युठानका ९ वटा सडक एकसाथ ठेक्का प्रक्रीयामा
प्युठानका ९ वटा सडक एकसाथ ठेक्का प्रक्रीयामा
Advertisement
तपाईको प्रतिक्रिया