रुपन्देही। तिलोत्तमा नगरपालिकाको वडा नम्बर-६ मा रहेको पश्चिम पहुनी माध्यमिक विद्यालयको ६ कोठे भवन आज उद्घाटन भएको छ। सो उद्घाटन कार्यक्रम नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थ मन्त्री माननीय बिष्णु पौडेलले गर्नुभएको हो। २ तलामा ६ वटा कोठा भएको सो भवन उद्घाटनमा पुर्व मुख्यमन्त्री तथा लुम्बिनी प्रदेशका सभासद लिला गिरि, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, वडा अध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य हरु राधा शाही, सुरेन्द्र श्री, नर बहादुर छन्तेल, बि बया समितिका अध्यक्ष खुम बहादुर थापा,शिक्षक अभिभावक बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा अक्षयकोष स्थापना गरेका कोष दाताहरुबाट छात्रवृत्ति समेत प्रदान गरिएको थियो।
Advertisement