गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको टेक युथ प्रालिले वार्षिकोत्सबको अवसरमा इलेक्ट्रोनिक सामाग्री नि: शुल्क मर्मत गरिदिने भएको छ । प्रालिले आजबाट दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्ष प्रवेश गरेको अवसरम तीन दिनसम्म नि:शुल्क इलेक्ट्रोनिक सामाग्री मर्मत गरिदिने भएको टेक युथ प्रालिका व्यवस्थापक शालिक पन्थीले बताए।
वार्षिकोत्सबको अवसरमा कम्प्युटर, ल्याटप, सिसिटिभी क्यामरा, राउटर, प्रिन्टर, इन्र्भटर, टेलिफोन, स्पिकर, विद्युतिय चुलो लगायतका सामाग्री नि: शुल्क मर्मत गरिदिने भएको हो । यो सुविधा व्यत्तिको हकमा मात्रै लागू हुने संस्थाले जनाएको छ । दुई वर्ष पहिले रेसुङ्गा नगरपालिकाको वडानम्बर १ तम्घास बजारमा युवाको लगानीमा कम्प्युटर तथा अन्य विद्युतिय सामानको मर्मत, बिक्री तथा विभिन्न परामर्श सेवाहरु दिन शुरु गरेको थियोे । प्रालिले केही युवाहरूलाई रोजगारी समेत प्रदान गरेको छ ।
संस्थाले युवाहरुलाई स्वदेशमै लगानी गरेर केहि गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेको छ ।
टेक युथ प्रालिले नि:शुल्क इलेक्ट्रोनिक सामाग्री मर्मत गरिदिने
टेक युथ प्रालिले नि:शुल्क इलेक्ट्रोनिक सामाग्री मर्मत गरिदिने
Advertisement
तपाईको प्रतिक्रिया