• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ७. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ८. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ९. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • १०. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

हस्तान्तरण नहुँदा गुल्मीको दुई वटा अस्पताल प्रयोगबिहिन


  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा दुईवटा पालिकामा निर्माण कार्य सम्पन्न गरेर तयार भएका अस्पताल भवन अलपत्र परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा तयार भएका १५ शैयाका अस्पताल भवन अलपत्र परेका छन् ।
    भवन निर्माण गरेको रकम निर्माण व्यवासयीले नपाउदा प्रयोगमा आउन सकेको छैन् । गुल्मीदरबार गाउँपालिकाको वडानम्बर–३ को धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन १ वर्ष अघि नै निर्माण सम्पन्न भएको हो ।
    त्यस्तै चन्द्रकोट गाउँपालिकाको वडानम्बर–४ शान्तिपुरमा असार ७ गते  निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माण कार्य सम्पन्न भएपनि निर्माण व्यवसायीले रकम भूक्तानी नपाएपछि हस्तातरण हुन सकिरहेको छैन् । जसले गर्दा भवन अलपत्र जस्तै बनेका छन् । साढे पाँच तलको भवन निर्माणको काम रङ्गा रोगन गरेर चिटिक्क पारिएको छ।गुल्मीदरबार गाउँपालिकामा सम्पन्न भएको १५ शैयाको अस्पताल भवन ०७८ साल असार २५ गते सम्झौता भई ०८० असारमा तोकिकै मितिमा निर्माण व्यवसायीले सम्पन्न गरेको गुल्मीदरबार गाउँपालिकाका योजना अधिकृत टंक पन्थीले बताए । १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँको लागतमा अर्जुन बिल्र्डस प्रालि तम्घासले भवन निर्माण गरेको हो ।निर्माण व्यावसायीले २ करोड ७ लाख रकम अझै पाएका छैनन् । जसले गर्दा अस्पताल भवन अहिले ताल्चा मारेर राखिएको छ ।
        निर्माण सम्पन्न भएको भवनको एक वर्षसम्म सञ्चालनमा नआउदा केहि ठाउँमा भत्कीन र घाँसले घेर्न थालेको छ । त्यस्तै चन्द्रकोट गाउँपालिकामा भवन ०७८ साल असार २५ गते सम्झौता भइ ०८१ असारमा तोकिकै मितिमा निर्माण व्यवसायीले सम्पन्न गरेको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए । १२ करोड ७२ लाखको लागतमा तुलसीदत्त अर्जुन बिल्र्डस प्रालि तम्घासले भवन निर्माण गरेको हो । भवनको हालसम्म १० करोड ९१ लख रकम भूक्तानी भएको छ ।
        निर्माण व्यवसायीलाई १ करोड ८१ लाख रकम भूक्तानी गर्न बाँकी रहेको सूचना अधिकारी ज्ञवालीले बताए । भवनको रकम निकासा गर्नका लागि पालिकाबाट जानकारी गराउने काम भइरहेको ज्ञवालीको भनाइ छ ।
        लामो समयसम्म अस्पताल भवन सञ्चालनमा नआउनु दुखद पक्ष रहेको गुल्मीदरबारका स्थानीय थम्मनबहादुर झार्की मगरले बताए। उनले घर छेउमा अस्पताल बन्ला सुबिधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराए पनि सञ्चालनमा आउन नसक्दा दुख लागेको बताए।
      पछिल्लो समय संघिए मामिला मन्त्रालयबाट हाललाई पालिका चलाउने भनेर पठाएको पत्र पठाएकाले डाक्टर लगायत स्वास्थ्यकर्मीहरु राख्न पालिकासँग आन्तरिक श्रोत नहुँदा राख्न समस्या रहेको गुल्मीदरबार गाउँपालिकाले जनाएको छ । भवनको रकम निकासा गर्नका लागि पालिकाबाट पटकपटक जानकारी गराउने काम भइरहे पनि त्यसको सुनुवाई नहुँदा भवन अलपत्र जस्तै बनेको पालिकाले जनाएको छ । भवनमा लिफ्ट सिस्टकसँगै अत्यधुनिक खालको रहेको छ । नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यस गरेको थियो ।  तर जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ । गाउँपालिकामा निर्माण भएका अत्यधुनिक अस्पताल भवनहरुमा तोकिए अनुसारका सेवा सुबिधा सहितका डक्टरहरु उपलब्ध नभए ठूला भवनले कुनै अर्थ राख्ने छैन् ।
        अहिले पनि दुर्गम गाउँवस्तीमा बिशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ । जिल्लाका अन्य पालिकामा १५ शैयाका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शैयाको अत्यधुनिक भवन निर्माणको काम भइरहेको छ ।

    Advertisement

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा
    रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
    ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला
    इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    भर्खरै

    • १.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • २.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ३.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ४.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ५.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ७.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ८.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation