दाङ। दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
मृत्यु हुनेमा राजपुर गाउँपालिका २ मटेरीया निवासी ३९ वर्षीया भुमिसरा बुढामगर रहेकी छिन् ।
उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले राती नै मृत घोषणा गरेका थिए । शवलाई लमही अस्पतालमा राखिएको प्रहरीले बताएको छ
Advertisement