• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

समयमै पुल नबनेपछि एक्सनमा उत्रिए सांसद गोकर्ण बिष्ट 


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • गुल्मी । पुल निर्माणकार्यमा ढिलाइ भएको भन्दै सांसद गोकर्ण बिष्ट एक्सनमा उत्रिएका छन् । निर्माण व्यवसायीले ठेक्का लिएर पनि समयमै काक सम्पन्न गर्न नसकेपछि बिष्ट सहित सरोकारवालाको टोलिले निरीक्षण गरेको हो ।

    Advertisement

    गुल्मी जिल्लाको तम्घास- सिमलटारी सडक खण्डका चार स्थानमा पक्की पुल समयमै निर्माण कार्य नहुँदा नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् । जिल्लाको क्षेत्रनम्बर–२ अन्तर्गत मदनभण्डारी राजमार्गको तम्घास-सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म पुग्ने सडक खण्डका बिचका बिभिन्न ४ वटा स्थानमा पक्की पुल निर्माणकार्य भइरहेको छ ।
    सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलामा पुल समयमै नबन्दा यात्रुले निकै सास्ती खेप्नु परेको छ । तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका हुलाके, धनार्जी, फूलवारी र घमिरका खोलामा पुल नबन्दा साना ठूला सवारी साधान र पैदल यात्रुलाई हरुलाई वर्षातको समयमा आउ–जाउ गर्न समस्या हुन्छ ।
    अहिले हुलाके, धनार्जी, फूलवारी र घमिर खहरे खोलाका चार वटा पुलको निर्माणको काम भइरहेको छ । पुल निर्माणको कामले गति लिन नसकेपछि त्यसक्षेत्रमा जनप्रनिधिले वर्षातको समय नजिकिनु पूर्व नै अनुगमन गरेका छन् ।
    वर्षातको समयमा नागरिकले पाएको दुखःले त्यसक्षेत्रबाट निर्वाचित जनप्रनिधिलाई आलोचनाल खेप्नु पर्दछ । त्यस क्षेत्रबाट निर्वाचित सांसद गोकर्ण बिष्ट, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मदन भण्डारी सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोखरेल,सहित सुरक्षा निकाय, पत्रकार लगायतको टोलीले पुल निर्माणको पछिल्लो अवस्थाको अवलोकन गरेका छन् ।
    अबलोकनका क्रममा हुलाके खोला र धनार्जी खोलमा निर्माण हुन लागेका पुलको काम सुस्त गतिमा भइरहेको पाइएको थियो । त्यस्तै फुलवारी र घमिर खोलामा पुलको काम भने अन्तिम चरणमा पुग्न लागेको पाइएको थियो ।
    ४ वटा पुल मध्ये फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माणको काम गरिरहेको छ ।  हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ ।
    घमिर र फूलवारी खोलको पुल निर्माणको काम तिब्र
    घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ ।
    यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता रहेको थियो । तर म्याद थप गरेर २०८० चैत्र ८ गतेसम्म रहेको थियो ।
    चैत महिनाको पहिलो सातासम्म यी पुलको प्रगती ६५ प्रतिशत मात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ ।
    फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । यी दुइवटा पुलको काम ढलान सकेर एप्रोज वाल लगायतका कार्य तिब्र गतिमा अगाडी बढेको छ ।
    आउदो बैशाख भित्रै पुल निर्माणको काम सकेर गाडी चलाउने गरि काम भइरहेको निर्माण व्यवसायीले अनुगमन कर्तालाई प्रतिबद्धता जनाएका थिए ।
    धनार्जी र हुलाके खोलको पुल निर्माणको काम सुस्त
    धनार्जी रोधी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागत रहेको  छ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ ।
    यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने छ । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसम्याद थियो ।
    तर पछिल्लो चैत महिनाको पहिलो सातासम्म यी पुलको प्रगती ३० प्रतिशत मात्रै भएको छ । यी दुइवटा पुल निर्माणको काम दुबै तर्फका पिल्लर मात्रै निर्माण भएका छन् ।
    यहाँ निर्माण व्यवसायीले निकै सुस्त गतिमा काम गर्दै आएका थिए । तर पछिल्लो केहि दिन यता निर्माणले गतिलिने गरि काम गर्न सुरु भएको छ ।
    यो पुल निर्माणको काम आउदो असारसम्म सक्ने योजना रहेको छ । तर गर्नुपर्ने काम धेरै नै रहेको छ ।
    चरवटै पुल असार अगाडी सकिन्छ ः आयोजना
    मदन भण्डारी आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार आउदो असारसम्म चारवटै पुल सक्ने गरि काम अगाडी बढाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको बताए । उनले पछिल्लो कामको गति हेर्दा आशा असारसम्म काम सक्ने गरि काम अगाडी बढाउन तोकेता गरिएको बताए ।
    समयमै काम सक्नु पर्छ ः सांसद बिष्ट
    समयमै पक्की पुल निर्माण नहुँदा वर्षातको समयमा सबैभन्दा पहिले आलोचना त्यस क्षेत्रबाट निर्वाचित सांसदको हुने गर्दछ । तर यसवर्ष भने वर्षात सुरु हुनुपूर्व नै सांसद गोकर्ण बिष्टले निर्माण कार्यको अनुगमन गरेका छन् ।
    अनुगमनको क्रममा सांसद बिष्टले निर्माणको क्रममा बजेट लगायत कुनै समस्या आए समाधान गर्ने बताए । तर यसवर्षको असारसम्म पुल निर्माणको काम कुनैपनि शर्तमा सक्न निर्माण व्यवसायीलाई आग्रह गरे ।
    पुल निर्माणको लागि आयोजना समाबेश भएको लामो समय हुँदा पनि समयमै पुल बन्न नसक्नुले नागरिकले वर्षातको समयमा धेरै दुखः झेल्नुपर्ने अवस्था रहेको सांसद बिष्टले बताए । अब निर्माण व्यवसायीले कुनैपनि समस्या देखाएर पुल निर्माणको काम समयमा सक्दीन भन्न नपाउने बिष्टको तर्क रहेको छ ।
    तम्घास सिमलटारी सडक खण्डका चार स्थानका पुन नबन्दा वर्षातको समयमा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको छ ।
    पुल नहँुदा धेरै जोखि बढेको छ । खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुइ तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता पनि सृजना हुन्छ ।
    तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम चारवर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो ।
    तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर छल्दी खोलासम्म सडकको ट्याक खोल्ने कार्य भएको थियो । त्यसपछि छल्दीदेखि सिमलटारीसम्म ०६४ सालपछि मात्रै खोलाको किनारबाट सडक बिस्तार गरिएको हो ।
    तमघास सिमलटारी सडक बिस्तार भएको ३० वर्षपछि मात्रै कालोपत्रे भएको थियो । सडक कालोपत्रे भएपछि धुर्कोट, मदाने मालिका, इस्मागाउँपालिका र छिमेकी जिल्ला प्युठान सम्म पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित छन् ।

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...