• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

समयमै पुल नबनेपछि एक्सनमा उत्रिए सांसद गोकर्ण बिष्ट 


  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
  • गुल्मी । पुल निर्माणकार्यमा ढिलाइ भएको भन्दै सांसद गोकर्ण बिष्ट एक्सनमा उत्रिएका छन् । निर्माण व्यवसायीले ठेक्का लिएर पनि समयमै काक सम्पन्न गर्न नसकेपछि बिष्ट सहित सरोकारवालाको टोलिले निरीक्षण गरेको हो ।

    Advertisement

    गुल्मी जिल्लाको तम्घास- सिमलटारी सडक खण्डका चार स्थानमा पक्की पुल समयमै निर्माण कार्य नहुँदा नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् । जिल्लाको क्षेत्रनम्बर–२ अन्तर्गत मदनभण्डारी राजमार्गको तम्घास-सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म पुग्ने सडक खण्डका बिचका बिभिन्न ४ वटा स्थानमा पक्की पुल निर्माणकार्य भइरहेको छ ।
    सडक कालोपत्रे भएको करिब ४ वर्ष बितिसक्दा पनि विभिन्न खोलामा पुल समयमै नबन्दा यात्रुले निकै सास्ती खेप्नु परेको छ । तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका हुलाके, धनार्जी, फूलवारी र घमिरका खोलामा पुल नबन्दा साना ठूला सवारी साधान र पैदल यात्रुलाई हरुलाई वर्षातको समयमा आउ–जाउ गर्न समस्या हुन्छ ।
    अहिले हुलाके, धनार्जी, फूलवारी र घमिर खहरे खोलाका चार वटा पुलको निर्माणको काम भइरहेको छ । पुल निर्माणको कामले गति लिन नसकेपछि त्यसक्षेत्रमा जनप्रनिधिले वर्षातको समय नजिकिनु पूर्व नै अनुगमन गरेका छन् ।
    वर्षातको समयमा नागरिकले पाएको दुखःले त्यसक्षेत्रबाट निर्वाचित जनप्रनिधिलाई आलोचनाल खेप्नु पर्दछ । त्यस क्षेत्रबाट निर्वाचित सांसद गोकर्ण बिष्ट, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मदन भण्डारी सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोखरेल,सहित सुरक्षा निकाय, पत्रकार लगायतको टोलीले पुल निर्माणको पछिल्लो अवस्थाको अवलोकन गरेका छन् ।
    अबलोकनका क्रममा हुलाके खोला र धनार्जी खोलमा निर्माण हुन लागेका पुलको काम सुस्त गतिमा भइरहेको पाइएको थियो । त्यस्तै फुलवारी र घमिर खोलामा पुलको काम भने अन्तिम चरणमा पुग्न लागेको पाइएको थियो ।
    ४ वटा पुल मध्ये फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माणको काम गरिरहेको छ ।  हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ ।
    घमिर र फूलवारी खोलको पुल निर्माणको काम तिब्र
    घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ ।
    यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता रहेको थियो । तर म्याद थप गरेर २०८० चैत्र ८ गतेसम्म रहेको थियो ।
    चैत महिनाको पहिलो सातासम्म यी पुलको प्रगती ६५ प्रतिशत मात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ ।
    फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । यी दुइवटा पुलको काम ढलान सकेर एप्रोज वाल लगायतका कार्य तिब्र गतिमा अगाडी बढेको छ ।
    आउदो बैशाख भित्रै पुल निर्माणको काम सकेर गाडी चलाउने गरि काम भइरहेको निर्माण व्यवसायीले अनुगमन कर्तालाई प्रतिबद्धता जनाएका थिए ।
    धनार्जी र हुलाके खोलको पुल निर्माणको काम सुस्त
    धनार्जी रोधी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागत रहेको  छ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ ।
    यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने छ । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसम्याद थियो ।
    तर पछिल्लो चैत महिनाको पहिलो सातासम्म यी पुलको प्रगती ३० प्रतिशत मात्रै भएको छ । यी दुइवटा पुल निर्माणको काम दुबै तर्फका पिल्लर मात्रै निर्माण भएका छन् ।
    यहाँ निर्माण व्यवसायीले निकै सुस्त गतिमा काम गर्दै आएका थिए । तर पछिल्लो केहि दिन यता निर्माणले गतिलिने गरि काम गर्न सुरु भएको छ ।
    यो पुल निर्माणको काम आउदो असारसम्म सक्ने योजना रहेको छ । तर गर्नुपर्ने काम धेरै नै रहेको छ ।
    चरवटै पुल असार अगाडी सकिन्छ ः आयोजना
    मदन भण्डारी आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार आउदो असारसम्म चारवटै पुल सक्ने गरि काम अगाडी बढाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको बताए । उनले पछिल्लो कामको गति हेर्दा आशा असारसम्म काम सक्ने गरि काम अगाडी बढाउन तोकेता गरिएको बताए ।
    समयमै काम सक्नु पर्छ ः सांसद बिष्ट
    समयमै पक्की पुल निर्माण नहुँदा वर्षातको समयमा सबैभन्दा पहिले आलोचना त्यस क्षेत्रबाट निर्वाचित सांसदको हुने गर्दछ । तर यसवर्ष भने वर्षात सुरु हुनुपूर्व नै सांसद गोकर्ण बिष्टले निर्माण कार्यको अनुगमन गरेका छन् ।
    अनुगमनको क्रममा सांसद बिष्टले निर्माणको क्रममा बजेट लगायत कुनै समस्या आए समाधान गर्ने बताए । तर यसवर्षको असारसम्म पुल निर्माणको काम कुनैपनि शर्तमा सक्न निर्माण व्यवसायीलाई आग्रह गरे ।
    पुल निर्माणको लागि आयोजना समाबेश भएको लामो समय हुँदा पनि समयमै पुल बन्न नसक्नुले नागरिकले वर्षातको समयमा धेरै दुखः झेल्नुपर्ने अवस्था रहेको सांसद बिष्टले बताए । अब निर्माण व्यवसायीले कुनैपनि समस्या देखाएर पुल निर्माणको काम समयमा सक्दीन भन्न नपाउने बिष्टको तर्क रहेको छ ।
    तम्घास सिमलटारी सडक खण्डका चार स्थानका पुन नबन्दा वर्षातको समयमा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको छ ।
    पुल नहँुदा धेरै जोखि बढेको छ । खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुइ तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता पनि सृजना हुन्छ ।
    तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम चारवर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो ।
    तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर छल्दी खोलासम्म सडकको ट्याक खोल्ने कार्य भएको थियो । त्यसपछि छल्दीदेखि सिमलटारीसम्म ०६४ सालपछि मात्रै खोलाको किनारबाट सडक बिस्तार गरिएको हो ।
    तमघास सिमलटारी सडक बिस्तार भएको ३० वर्षपछि मात्रै कालोपत्रे भएको थियो । सडक कालोपत्रे भएपछि धुर्कोट, मदाने मालिका, इस्मागाउँपालिका र छिमेकी जिल्ला प्युठान सम्म पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित छन् ।

    आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...