• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

मादलमा भविस्य खोज्दै


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • प्युठान। प्युठान नगरपालिका – ३ ओखरवोटका जोख बहादुर सुनारलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ। तिहारमा देउसीभैलो खेल्न मादलको माग हुने भएकाले व्यस्तता बढेको हो।
    १५ वर्षे उमेरमै मादलमा खरी दल्न थालेका जोखबहादुरले यो काममा लागेको २९ वर्ष भईसकेको छ। उहाले गाउँमै सीप सिकेर व्यवसायिक तवरले मादल वनाउन थाल्नुभएको हो।
    मादल बेचेर भएको आम्दानीबाट परिवारको जीविका चलेको जोखबहादुरले बताउनुभयो। उहाले भन्नुभयो,’यसैवाट घर खर्च चलाउन पुगेकै छ, खुसी नै छौं।’
    ३ महिना मादल वनाउने सिजन हो। तीज,दसै र तिहारसम्म मादल वनाउन जोखवहादुरको घर खोज्दै ओखरवोट आउछन। सिजनमा मादल बिक्रीबाट एक लाख ५० हजारसम्म कमाई हुने उहाले बताउनुभयो। सिजनबाहेक अरुबेला गाउँघरमा मिस्त्री काम गर्ने गरेको उहाको भनाइ छ ।
    जोखवहादुरका छोरा कुलमानले पनि वर्षौदेखी यही पेसालाई अंगाल्नुभएको छ। चाडवाडका वेला भींड हुदा काममा छोराले पनि साथ दिने गरेको बताउदै उहाले,’आफुले जानेको मादल बनाउने सीप अहिले छोरानातीलाई पनि सिकाउन थालेको छु।’भन्नुभयो।
    जोखबहादुर जस्तै प्युठान नगरपालिका १० मरन्ठानाका नमवहादुर बिक पनि व्यवसायिक रुपमा मादल बनाउन सक्रीय हुनुहुन्छ । रोजगारको लागि १३ वर्ष भारत र ३ वर्ष मलेसियामा बस्नुभएका उहाले विदेशमा भविस्य नदेखेपछि आफ्नै ठाउंमा केही गर्ने सोचेर घर फर्किएको सुनाउनुभयो।
    ४ बर्ष यता उहाले गाउँमै मादल पसल खोलेर काम गरिरहनुभएको छ। पछिल्ला वर्षहरुमा मादल किन्न र मर्मत गर्न आउनेको संख्या घटेको उहाको अनुभव छ।
    डेगमा गीत बजाएर नाचगान तथा देउसी भैलो खेल्न थालेपछी मादल संस्कृती हराउदै जान थालेको नमबहादुरले सुनाउनुभयो। उहाले भन्नुभयो, तन्नेरी पुस्ता जति जम्मै अचेल डेगमा नाच्न थाले, मादल खासै खोज्दैन्न। यस्ले मादल वनाएर गुजारा गर्नेहरुको पेशामा धक्का पुगेको नमबहादुरको ठम्याई छ।
    खमारीको काठबाट मादल बनाईन्छ। काठमा ढंग्रो पारेर दुवैपट्टी छालाले मोरेर खरी लगाईएको हुन्छ। खरी बनाउँदा कांस र किटको धुलो मिसाईन्छ। यस्को एकापट्टी केही सानो अर्को पट्टि अलिक ठूलो पारेर बनाईएको हुन्छ।
    तर, अचेल मादल वनाउन चाहिने खमारीको काठ,वर्ताको लागि गाई गोरुको छाला पाउन मुस्किल पर्ने गरेको छ।
    उहाले भन्नुभयो, मादल बनाउन चाहिने सामान पाईदैन, मादल संस्कृती जोगाउन सबै लाग्नुपर्छ।
    प्युठानमा मादल बजाएर तिहारमा देउसी भैलो खेल्ने र नाच्ने गरिन्छ। यहाँ माडिखोले,गररा,मारुनी, सोरठी, ख्याली,झुमरा जस्ता मौलिक नाच प्रख्यात छन ।
    एउटा नयाँ मादलको ३ हजारदेखि १५ हजारसम्म मूल्य पर्छ। मर्मत गर्दा ५ सयदेखी दुई हजार रुपियांसम्म लिने गर्छन।
    तर, नयाँ मादल किन्न आउने कमै हुने व्यवसायी बताउँछन ।
    गीत बजाउन डेग भित्रीएपछी मादल लगायतका मौलिक लोक बाजा संस्कृती हराउन थालेको भन्दै जिल्लाका व्यवसायीहरु चिन्तित देखिन्छन।

    Advertisement

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation