• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ : मुख्यसचिव डा. अर्याल


  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
  • काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए ।
    नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन् ।
    उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए ।
    बजारमा मूल्य बृद्धि, अखाद्य पदार्थको मिसावट र म्याद गुज्रेका खाद्य सामाग्रीहरुको विगविगी रहेको भन्दै मुख्य सचिव अर्यालले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायहरुले नियमित बजार अनुगमनमा ध्यान दिनुपर्ने बताए ।
    कालाबजारी र विचौलियाहरुका कारण पछिल्लो समय चीनी लगायतका खाद्य पदार्थहरुमा अस्वाभाविक रुपमा मूल्यबृद्धि भएको प्रति इंगित गर्दै मुख्यसचिव अर्यालले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवद्र्धनमा कठोर भएर लाग्न निर्देशन समेत दिए ।
    मुख्यसचिव अर्यालले बजार मूल्यलाई नियन्त्रण गर्न नेपाल सरकारका निकायहरु जिम्मेवार भएर लागेको जानकारी गराए । उनले भने, ‘साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनी लिमिटेडले बजारमा उपभोग्य सामान विक्रि वितरण गरेको छ । हाल बजारमा रु. १५० पर्ने चीनीलाई सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा रु. ९७ मा उपलब्ध गराएका छौँ ।’
    चाडपर्वको समयमा आम उपभोक्तालाई सुपथ मूल्यमा अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउन जरुरी भएको भन्दै उनले साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनीलाई देशभर नै सुपथ मूल्य पसलको पहुँच बनाउन निर्देशन दिएको समेत जानकारी गराए ।
    उपभोक्ता स्वयम् सचेत बनेमा उपभोक्ता हित संरक्षण विपरितका गतिविधिमा कमी आउनेमा विश्वस्त हुँदै आफूँ बजारमा नठगिनका लागि सबै उपभोक्तालाई उपभोग्य बस्तुको मूल्य र एक्सपाएर मितिका विषयमा सँधै सचेत रहन सुझाव समेत दिए ।

    Advertisement

    यस्तै, काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि सिंगो प्रहरी संगठन सम्वेदनशिल रहेको बताए। चाडपर्वको समयमा सुरक्षा सम्वेदनशिलतामा चुनौती रहने भन्दै थापाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी गराए । चाडपर्वको बेला घर जाने यात्रुहरु ठगिने गरेको भन्दै उनले यात्रुहरुका लागि हेल्प डेस्क राख्ने बताए । कार्यक्रममा काठमाडौ जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बजार अनुगमन प्रभावकारी बन्नका लागि उपभोक्ता सचेतना जरुरी रहेको बताए । कार्यक्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बजेट र स्रोत साधनको अभावका बाबजुद पनि ललितपुरमा बजार अनुगमनको कार्य प्रभावकारी बनाउन लागि परेको बताए ।
    यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बजार अनुगमनमा नागरिकको दायित्व महत्वपूर्ण हुने बताइन् । उनले भनिन्, ‘हामी एक बस्तुको उत्पादक तथा विक्रेता भएपनि हामी सबै बस्तुको उपभोक्ता हौँ । त्यसैले हामी सबै व्यवसायी तथा व्यापारीहरुले आफ्नो धर्म र मूल्य मान्यतालाई अंगाल्नुपर्दछ । सबै नागरिकहरु जिम्मेवार र जवाफदेही हुन सकेमा अटोमेटिक नियमित बजार अनुगमन हुन्छ, यसैमा कसैको मुख ताक्नु पर्दैन ।’
    वाणिज्य, आपूर्ति तथा हित संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागले स्वच्छ र प्रतिस्पर्धी बजारमा निर्माणमा सक्रिय भएर लागि परेको बताए ।
    नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा विभागप्रति आम उपभोक्ताको जुन अपेक्षा रहेको छ, त्यो अपेक्षालाई पूरा गर्न लागि परेको उनको भनाई छ ।
    उनले भने, ‘चाडपर्वको बेला उपभोग्य बस्तुको माग बढिरहँदा जुन किसिमको अभाव र मूल्यबृद्धि छ, त्यसलाई लक्षित गरेर व्यावसायिक लक्षित कार्ययोजन तयार गरेको छौँ । जसमा १० वटा अनुगमन टोली खटिएका छन् ।’
    अनुगमन कार्यलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई समेत अधिकार प्रत्यायोजन गरिएको र अनुगमन कार्य गर्न कुनै कानुनी उल्झन नरहेको बताए ।
    हाल मुलुकभर ९ सय भन्दा बढी सरकारी संयन्त्रहरु बजार अनुगमनमा सक्रिय रहेको भएपनि अपेक्षित रुपमा बजार अनुगमन हुन नसकेको बताए । महानिर्देशक चिलुवालले बजार मूल्यलाई एकरुपता कायम गर्नका लागि विभागले छिट्टै उपभोग्य बस्तुको मूल्य समेत सार्वजनिक गर्ने जानकारी दिए ।
    कार्यक्रममा बोल्दै साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडका विभागीय प्रमुख ब्रजेश कुमार झाले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनका ल्याएको जानकारी गराए । पछिल्लो समय चीनीको मूल्य प्रतिकेजी १ सय ५० सम्म पुगेकोमा कर्पोरेशनले रु. ९८ मा नै उपलब्ध गराएको बताए ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा आयोजना भएको हो । कार्यक्रममा बोल्दै चौलागाईंले बजार अनुगमनलाई फरक फरक निकायले फरक फरक समयमा गर्नुभन्दा एकद्वारा प्रणालीबाट गर्न सके त्यसले आशातित परिणाम दिन सक्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा उपभोक्ता जागरण नेपालका अध्यक्ष कृष्ण प्रसाद भण्डारी र खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले उपभोक्ताले भोग्नु परेका समस्याहरुका विषय औल्याएका थिए ।
    कार्यक्रममा काठमाडौ जिल्लाका प्रहरी प्रमुख भुपेन्द्र खत्री, ललितपुरका प्रहरी सिद्धी विक्रम शाहलगायतका विभिन्न विभागका महानिर्देकहरु, नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुणस्तर विभाग, नापतौल विभागलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    सोमबार, असोज २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    लोकप्रिय

    • १.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation