• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

लोकप्रिय समाचार

  • १. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

  • २. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ३. प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

  • ४. सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

  • ५. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • ६. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ७. गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

  • ८. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ९. गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

  • १०. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

विश्व पर्यटन दिवस : बर्दियाको ठाकुरबाबामा मनाइने


  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
  • भावुक योगी, बर्दिया। आगामी असोज १० गते विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर २०२३) बर्दियाको ठाकुरबाबा नगरपालिकामा भब्य रुपमा मनाइने भएको छ ।
    विश्व पर्यटन दिवस पर्यटन विकास परिषद प्रवर्धक तथा ठाकुरबाबा नगर मुल समारोह समितिको आयोजनामा आगामी असोज १० गते अर्थात सेप्टेम्बर २७ तारिखमा पर्यटकिय क्षेत्र ठाकुरद्वारामा दिवस मनाइने मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
    विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीसहितको सहभागीतामा बर्दिया जिल्लाका प्रमुख पर्यटकीय गतिविधिका बारेमा जानकारी दिँदै पर्यटकीय क्षेत्र बर्दिया निकुञ्ज नजिक ठाकुरद्वारामा दिवस मनाइने मेयर लम्सालले बताउनुभयो ।
    लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दिया जिल्लासहित बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका क्षेत्रमा पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवर्धक रहने गरि विभिन्न पर्यटकीय गतिविधिका साथ दिवस मनाउने कार्यक्रम गर्न उपसमिति समेत गठन गरि कार्य विभाजन गरिएको छ ।
    ल्याण्ड अफ टाइगर ९बाघको भुमि० बर्दिया जाउँ, पर्यटन गतिविधिसंगै प्रकृति र संस्कृतीमा रमाऔँ, विश्व पर्यटन दिवस २०८० भब्य रुपमा सफल पारौँ भन्ने नारासहित विश्व पर्यटन दिवस २०८० को अवसरमा ठाकुरद्वाराका पर्यटकीय होटलहरुमा असोज महिनाभरि आरामदायी आवासमा २५ प्रतिशत छुट दिइने भएकाले प्रकृति र संस्कृतिको आनन्द लिन अनुरोध गरिएको छ ।
    बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका वन्यजन्तुसंगै प्राकृतिक सौन्दर्य अवलोकन, थारु कला संस्कृतीसंगै होमस्टेहरुमा स्थानीय परिकार खान पाइने, ऐतिहासिक ठाकुरद्धारा मन्दिर, केदारेश्वरधाम, कर्णाली चिसापानी पुल, गेरुवा कोठियाघाट पुल, बर्दिया निकुञ्ज भित्र जंगल वाक, जीप सफारी, र्याफ्टिङ, क्याम्प्ङि, फिसिङ, जंगल भित्रै ट्रि हाउसमा बास लगायतका साहसिक पर्यटकिय गतिविधीमा रमाउन सकिन्छ ।
    लुम्बीनी प्रदेशको प्रमुख पर्यटकिय ठाउँ, बर्दिया जाउँ, वन्यजन्तु र प्राकृतिक सौन्दर्यको आनन्दसंगै सांस्कृतिक नाचगानमा रमाऔं भन्दै दिवसका लागि सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति अन्तर्गत झाँकी प्रदर्शन, २ जना स्थानीयस्तरका राष्ट्रिय कलाकारलाई समेत आह्वान गरिने निर्णय भएको छ ।
    यसैगरि पर्यटन क्रियाकलाप उपसमिति अन्तर्गत चित्र चिन्ने प्रतियोगिता, जीप सफारी, हात्तिबाट गज परिक्रमा, ऐतिहासिक ठाकुरद्वारा मन्दिरको महाआरती, स्लो साइकिलिङ रेस, निकुञ्ज परिसर अवलोकनका साथै स्थानीय स्तरमा बर्दिया घुम्न जाउँ भन्ने खालको सामाजिक संजालका लागि चार वटा विधामा भिडियो प्रतियोगिता पनि समावेश गरिएको छ ।
    बैठकमा विभिन्न प्रस्ताव माथी छलफल गरी विश्व पर्यटन दिवस मनाउनका लागि लाग्ने अनुमानित बजेट लागत विवरणसमेत तयार पारिएको छ । ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लाभरका पर्यटकीय गतिविधिका बारेमा जानकारी दिने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले मनाउन लागिएको विश्व पर्यटन दिवसका लागि अनुमानित झण्डै १६ लाख ७० हजार लागत लाग्ने अनुमान गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
    छलफल कार्यक्रममा बोल्दै ठाकुरबाबा नगर उपप्रमुख विना कुमारी भट्टराईले दिवसका अवसरमा गरिने पर्यटकीय गतिविधिका बारेमा गरिने सन्देशमुलक कार्यले ठाकुरबाबा नगरपालिकासहित बर्दिया जिल्लालाई चिनाउने ठुलो अवसर रहेको बताउँदै यसका लागि सबै सरोकारवाला निकायलाई साथ र सयोग गर्न अपिल गर्नुभयो ।
    यस्तै छलफलमा केन्द्रीयस्तरका केही संचारमाध्यम र बर्दियासहित छिमेकी जिल्लाका संचारमध्यमहरुबाट पनि बर्दियाका प्रमुख पर्यटकीय गतिविधि समेटिएका शन्देशमुलक सुचना प्रसारण, प्रकाशनका साथै ब्रोसर, पोस्टर, पम्पिलेट, भिडियो डकुमेन्ट्री, सामाजिक संजालमासमेत सुचना दिई आन्तरिक पर्यटक बढाउने खालका प्रचारप्रसार गरिने होटल संघ बर्दियाका अध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक मोहनलाल चौधरीले बताउनुभयो ।
    पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवर्धक तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा मनाइने विश्व पर्यटन दिवसको तयारीका लागि नगरपालिकाका मेयर तिलकराम लम्सालको अध्यक्षतामा बसेको बैठकमा उपमेयर कुमारी भट्टराई, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, पर्यटन विकास परिषद अधिकृत बालकृष्ण गैरे, पर्या पर्यटन विकास मन्चका सचिव श्रीधर पोख्रेल, वडा अध्यक्षसहित पर्यटन व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 
    लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास
    प्रशासकिय भवन बन्यो, प्रयोग भएन
    लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने
    लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन
    गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    लोकप्रिय

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ३.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • ६.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित

    भर्खरै

    • १.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • २.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ३.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    • ४.
      प्रशासकिय भवन बन्यो, प्रयोग भएन

    • ५.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

    • ६.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ७.
      तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

    • ८.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation