प्युठान। जिल्लाको सरुमारानी गाउँपालिका -३, गुरुङडाडामा नवनिर्मित शिव मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।
पूजापाठ गर्दै मन्दिरको उद्घाटन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष बोम बहादुर रेश्मीले बताए । स्थानीयको श्रमदानसहित लुम्विनी प्रदेश सरकारको २५ लाख रुपैयाको लगानीमा मन्दिर निर्माण गरिएको हो । साे मन्दिर निर्माण कार्यमा सरूमारानी गाउँपालिका र दाङ जिल्ला अदालतका न्यायधीश कुल प्रसाद पाण्डेकाे बिशेष पहलकदमी रहेकाे निर्माण समितीले जानकारी दिएको हो।
विभिन्न मुर्तिहरुले सजिएको आर्कषक मन्दिर निर्माण गरिएपछि यहाँ आन्तरिक पर्यटक र दर्शनार्थीको भिड बढ्दै गएको छ ।
