• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • २. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ३. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

मौसम खराबले दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान बन्द


  •   शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुँन सकेको छैन् ।
    पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको छैनन् ।
    रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ ।
    तर उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताउनुभयो । भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम उडान गर्न समस्या हुँदै आएको उहाँको भनाइ छ ।
    रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राधिकको निष्कर्ष रहेको छ । दिउँसको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।
    रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
    विमानस्थलबाट १८ सिट क्षमताको जहाजले उडान गर्ने गर्दछ । काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ ।
    विमानस्थलबाट नियमित जहाज चल्दा टिकट पाउनै मुस्किल पर्ने गरेको थियो १५ जनाको टिकटका लागि करिब ६० जना सम्मको माग थियो । शुरुमा हप्ताको एक दिन उडान गरेको विमानस्थलबाट यात्रुको चापका कारण एक दिन थप गरेर दुइ दिन उडान गर्न थालिएको थियो ।
    रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पटि विमानस्थल पुग्न सकिन्छ ।
    गुल्मीबाट काठमाडौं सम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ । वर्षातको समयमा त झनै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था यहाँका नागरिकहरुलाई छ ।
    व्यवसायिक उडान सुरुहुनुले अब जिल्लामा पर्यटकहरु पनि भित्रिने यहाँका व्यवसायिहरु आशा गरिएको थियो । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परिक्षण उडान गरेको थियो ।
    त्यसपछि वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरेको थियो । ०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले गर्नु भएको थियो ।
    तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो । रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ ।
    १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो । विमानस्थलमा हालसम्म निर्माणमा करिव ३५ करोड खर्च भईसकेको छ ।
    रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ । विमानस्थलबाट गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुङ्ग, पाल्पा र स्याङजा जिल्ला सम्मका नागरिकले सेवा लिन सक्नेछन् ।

    Advertisement

    शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation